१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
Invalid date format १६:५६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कैलाशले दियो कैदीबन्दीलाई खसी र खाद्यान्न 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १६:५६:oo

नेपालीहरूको महान् चाड विजयादशमीको अवसरमा कैलाश गाउँपालिकाले भीमफेदी कारागारका कैदीबन्दीलाई खसी र खाद्यान्न उपलब्ध गराएको छ।

पालिकाका अध्यक्ष लोकबहादुर मुक्तान र उपाध्यक्ष बालकुमार मल्ल ठकुरीले बुधबार दुईवटा खसी, चिउरा र तेल हस्तान्तरण गरेका छन्।

हस्तान्तरण कार्यक्रममा पालिकाका लेखा प्रमुख नवीन धिताल, रोजगार संयोजक अर्पण लामा, १० नम्बर पूर्ववडाध्यक्ष माणिकलाल मुक्तानलगायतको उपस्थिति थियो।

अध्यक्ष मुक्तानसहितको टोलीले पालिकाका कारागारमा रहेका कैदीबन्दीसँग भेटघाट गरी शुभकाकना आदान–प्रदानसमेत गरेका छन्। कारागारमा एक हजार ३८ पुरुष, ३७ महिला कैदीबन्दी र दुईजना आश्रित नाबालक छन्।