
नेपालीहरूको महान् चाड विजयादशमीको अवसरमा कैलाश गाउँपालिकाले भीमफेदी कारागारका कैदीबन्दीलाई खसी र खाद्यान्न उपलब्ध गराएको छ।
पालिकाका अध्यक्ष लोकबहादुर मुक्तान र उपाध्यक्ष बालकुमार मल्ल ठकुरीले बुधबार दुईवटा खसी, चिउरा र तेल हस्तान्तरण गरेका छन्।
हस्तान्तरण कार्यक्रममा पालिकाका लेखा प्रमुख नवीन धिताल, रोजगार संयोजक अर्पण लामा, १० नम्बर पूर्ववडाध्यक्ष माणिकलाल मुक्तानलगायतको उपस्थिति थियो।
अध्यक्ष मुक्तानसहितको टोलीले पालिकाका कारागारमा रहेका कैदीबन्दीसँग भेटघाट गरी शुभकाकना आदान–प्रदानसमेत गरेका छन्। कारागारमा एक हजार ३८ पुरुष, ३७ महिला कैदीबन्दी र दुईजना आश्रित नाबालक छन्।