१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज ३० मंगलबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८o असोज ३० मंगलबार १o:o३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

आजको मौसम : वर्षाको सम्भावना भएकाले धान नकाट्न किसानलाई आग्रह  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o असोज ३० मंगलबार १o:o३:oo

वर्षा बुधबारसम्म जारी रहने भएकाले आज र भोलि किसानले धान नकाट्दा राम्रो हुने मौसमविद्काे भनाइ

हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ । हाल देशभर आंशिकदेखि सामान्य बदली रही बागमती प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, बागमती प्रदेशलगायत देशका पहाडी भू–भागका केही र तराईका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद् राजु प्राधानांगले जानकारी दिए ।  

उनका अनुसार देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा आज हल्का हिमपातको सम्भावना रहेको छ । वर्षा बुधबारसम्म जारी रहने भएकाले आज र भोलि किसानले धान नकाट्दा राम्रो हुने मौसमविद् प्राधानांगले बताए ।

काठमाडौंमा अहिलेको वायुको तापक्रम १८ डिग्री सेन्टिग्रेड रहेको तथा पारदर्शिता आठ किलोमिटरभन्दा धेरै रहेको मौसम पूूर्वानुमान महाशाखाले जनाएको छ । आज काठमाडौंमा अधिकतम तापक्रम २५ देखि २७ डिग्री सेन्टिग्रेडको बीचमा रहने सम्भावना रहेको र काठमाडौंमा अपराह्नतिर हल्का वर्षा हुने सम्भावना रहेको मौसमविद् प्राधानांगले बताए ।

यसैगरी आज राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । 

देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाद्वारा प्रकाशित बुलेटिनमा उल्लेख छ ।