१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०८० असोज २९ सोमबार ०७:५२:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

आइसिसी एकदिवसीय विश्वकप -२०२३ : साबिक विजेता इंग्ल्यान्ड अफगानिस्तानसँग स्तब्ध

चालू विश्वकपमा अफगानिस्तानले सनसनी नतिजा निकाल्ने क्रममा इंग्ल्यान्डलाई ६९ रनले हरायो

Read Time : > 1 मिनेट
२०८० असोज २९ सोमबार ०७:५२:००

एकदिवसीय विश्वकप क्रिकेटको साबिक विजेता इंग्ल्यान्ड आइतबार अफगानिस्तानसँग ६९ रनले स्तब्ध भएको छ । भारतको अरुण जेट्ली रंगशालामा पहिलो ब्याटिङ गरेको अफगानिस्तानले ४९.५ ओभरमा सबै विकेट गुमाएर दुई सय ८५ रन बनाएको थियो ।

प्रत्युत्तरमा साबिक विजेता इंग्ल्यान्ड ४०.३ ओभरमा दुई सय १५ रनमा समेटिँदा पहिलोपटक अफगानिस्तानसँग पराजित भयो । अफगानिस्तानले एकदिवसीय विश्वकपमा लगातार १४ खेलमा बेहोरेको हारमा पूर्णविराम लगाएको छ । चालू विश्वकपमा अफगानिस्तानलाई सनसनी जित दिलाउने क्रममा मुजिव र रासिद खानले समान तीन विकेट लिए । मोहमद नावीले दुई विकेट हात पारे । 

एकदिवसीय विश्वकपमा इंग्ल्यान्ड पाँचपटक कमजोर टोलीसँग पराजित भएको छ । सन् १९९२ मा जिम्बावेसँग नौ रनले हार सामना गरेको इंग्ल्यान्डमाथि सन् २०११ मा आयरल्यान्डमाथि तीन विकेटले जित निकालेको थियो । यसैगरी, सन् २०११ मै बंगलादेशसँग दुई विकेटले स्तब्ध भएको इंग्ल्यान्ड २०१५ को संस्करणमा बंगलादेशसँगै १५ रनले पराजित भयो । इंग्ल्यान्ड टी–२० विश्वकपमा नेदरल्यान्ड्ससँग दुईपटक पराजित भएको छ ।

एकदिवसीय खेलमा इंग्ल्यान्ड र अफगानिस्तानबीच यो तेस्रो भेट हो । अघिल्लो दुई खेलमा इंग्ल्यान्डले अफगानिस्तानमाथि सानदार जित निकालेको थियो । तेस्रो भेटमा भने अफगानिस्तानले महत्वपूर्ण जित निकाल्यो । जितसँगै अफगानिस्तान दुई अंकका साथ छैटौँ स्थानमा उक्लेको छ । इंग्ल्यान्ड दुई अंकका साथ पाँचौँ स्थानमै छ । इंग्ल्यान्डको ब्याटिङमा ह्यारी बुकले सर्वाधिक ६६ रनको योगदान दिए । उनले सात चौका र एक छक्का प्रहार गरे । ओपनर डेविड मालानले ३२ रन जोडे । यसबाहेक अन्य कुनै पनि ब्याट्सम्यानले गतिलो रन बटुल्न सकेनन् । पुछारका आदिल रसिद २० रन, मार्क उड १८ रन र रिस टोप्ले १५ रनमा नटआउट भए । 

 शतकीय ओपनिङ साझेदारी
अफगानिस्तानको सुरुवात उत्कृष्ट रह्यो । ओपनर रहमानुल्लाह गुर्बाज र इब्राहिम जार्दानले पहिलो विकेटका लागि १६.४ ओभरमा एक सय १४ रनको साझेदारी गर्दै इंग्ल्यान्डमाथि दबाब राखेका थिए । इंग्ल्यान्डका लागि पहिलो सफलता आदिल रसिदले दिलाए । उनले अफगानिस्तानका दोस्रो ओपनर जार्दानलाई कप्तान रोए रुटबाट क्याचआउट गराए । जार्दानले ४८ बलमा तीन चौकाको सहयोगमा २८ रन बनाए । अफगानिस्तानले १८ ओभरमा दुई विकेट गुमाएको थियो । रहमत साह र गुर्बाज लगातार बलमा आउट हुँदा अफगानिस्तान १५२–४ को अवस्थामा रह्यो । 

ओपनर गुर्बाज विलियमबाट रनआउट हुनुअघि ५७ बलमा आठ चौका र चार छक्काको सहयोगमा सर्वाधिक ८० रनको योगदान दिए । मध्यक्रमका हसमुतुल्लाह साहिदीले २४ बलमा १९ रन बनाए । इक्रमम अलिखरले ६६ बलमा ५८ रन जोडे । उनले तीन चौका र दुई छक्का प्रहार गरेका थिए । रसिद खानले १६ बलमा तीन चौका र एक छक्का प्रहार गरी २३ रन बनाए । मुजिब उर रहमान र इक्रमले आठौँ विकेटका लागि ४४ रनको साझेदारी गर्दै अफगानिस्तानलाई २३३–७ बाट २७७–८ को स्थितिमा राखे । 

उर रहमानले १६ बलमा तीन चौका र एक छक्काको सहयोगमा २८ रन बनाए । इंग्ल्यान्डको बलिङमा आदिल रसिदले सर्वाधिक तीन विकेट लिए । उनले १० ओभरमा एक मेडन राखी ४२ रन खर्चंदै तीन विकेट हात पारे । यसैगरी, मार्क उडले नौ ओभरमा ५० रन दिँदै दुई विकेट लिए । जोए रुटले १९ रनमा एक विकेट लिए ।