१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज २८ आइतबार
  • Sunday, 11 May, 2025
फाइल तस्बिर
रासस काबुल
२o८o असोज २८ आइतबार १३:o५:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

अफगानिस्तानमा पुनः ६.३ म्याग्निच्युडको भूकम्प

Read Time : < 1 मिनेट
रासस, काबुल
नयाँ पत्रिका
२o८o असोज २८ आइतबार १३:o५:oo

अफगानिस्तानको पश्चिमी क्षेत्रमा आइतबार ६.३ म्याग्निच्युटको शक्तिशाली भूकम्प गएको आमेरिकी भौगर्भिक सर्भेले जनाएको छ। यसै महिनाको भूकम्पको शृंखलाले एक हजारभन्दा बढीको ज्यान लिएको क्षेत्रमा पछिल्लोपटक पुनः भूकम्प गएको हो। 

ग्रिनविच मिनटाइमअनुसार ३ बजेर ३६ मिनेटमा हेरात सहरभन्दा ३३ किलोमिटर टाढा भूकम्प गएको हो। यही असोज २० गते (अक्टोबर ७) हेरातको सोही भागमा ६.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प र आठवटा परकम्प गएको थियो। उक्त भूकम्पले ग्रामीण घरहरू ध्वस्त पारेको थियो भने एक हजारभन्दा बढीको मृत्यु र सयौँ घाइते भएका थिए।

हजारौँ भयभित बासिन्दा विनाआश्रय रहन बाध्य भएको र स्वयंसेवकहरूले बाँचेकाहरूको खोजी गरिरहेका वेला सोही तीव्रताको अर्को भूकम्प जाँदा थप एकजनाको मृत्यु र एक सय ३० जना घाइते भएका थिए।

भूकम्पमा परी मर्नेहरूमा ९० प्रतिशतभन्दा बढी महिला र बालबालिका रहेको युनिसेफले बुधबार बताएको थियो। भूकम्पबाट १२ हजारभन्दा बढी नागरिक प्रभावित भएको संयुक्त राष्ट्रसंघले जनाएको छ।

सन् २०२१ मा अफगानिस्तानको सत्तामा आएको तालिबान अधिकारीहरूका लागि ठूलो मात्रामा आश्रयको व्यवस्था गर्न चुनौती हुनेछ। तालिबानको अन्तर्राष्ट्रिय दातृ संस्थाहरूको सम्बन्ध खराब छ।