१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार १२:४५:oo
Read Time : > 1 मिनेट
ad
ad
साहित्य डिजिटल संस्करण

द्वारिका नेपाल गजल स्मृति पुरस्कारबाट अर्याल सम्मानित

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १२:४५:oo

युवा गजलकार कमल अर्याल सम्मानित भएका छन् । गजल मञ्च चितवनले शनिबार कार्यक्रम आयोजना गरी ‘द्वारिका नेपाल गजल स्मृति पुरस्कार– २०८०’ बाट  गजलकार अर्याललाई सम्मान गरेको हो।

मञ्चका पूर्वअध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथि पुष्प अधिकारी अञ्जली, द्वारिका नेपालकी धर्मपत्नी पार्वती अर्याल नेपाल, कविडाँडा साहित्य समाजका अध्यक्ष एलबी क्षेत्री र मञ्चका अध्यक्ष लेखराम सापकोटाले दोसल्ला र सम्मानपत्रले अर्याललाई सम्मान गरेका हुन्। पुरस्कारको राशि २५ हजार रुपैयाँ छ।

कार्यक्रममा अर्यालले गजल वाचन पनि गरेका थिए। एकल गजल वाचन कार्यक्रममा उनले ६ वटा गजल प्रस्तुत गरे। सम्मानित स्रस्टा अर्यालबारे प्राध्यापक लक्ष्मण अर्यालले बोलेका थिए। त्यसैगरी मञ्चका पूर्वअध्यक्षहरू धनराज गिरी, किसान प्रेमी, गोर्खे साइलो, प्रभाकर पण्डित र रमेश प्रभातले मन्तव्य राखेका थिए।

कार्यक्रमका प्रमुख अतिथि पुष्प अधिकारी अञ्जलीले स्वर्गीय गजलकार द्वारिका नेपाल एक मृदुभाषी, मिलनसार गजलकार एवं पत्रकार भएको बताउँदै नेपाली साहित्यिक आकाशमा उनी कहिल्यै नमर्ने गरी अमर रहने धारणा राखेका थिए । ‘गजल मञ्च चितवनले पूर्वअध्यक्ष नेपालको नाममा पुरस्कार स्थापना गरेर उहाँलाई अमर  बनाएको छ,’ अञ्जलीले भने।

मञ्चका पूर्वअध्यक्ष स्व. द्वारिका नेपालको नाममा यो पुरस्कार स्थापना गरिएको हो। ०७९ सालमा स्थापना गरिएको पुरस्कार पहिलोपटक कालिका नगरपालिकानिवासी गजलकार मुक्त उदासलाई प्रदान गरिएको थियो। गजल मञ्च चितवनमार्फत स्व. द्वारिका नेपालको नाममा रहने गरी यो पुरस्कार स्थापना गरिएको हो। भरतपुर– ५ घर भई हाल अस्ट्रेलियामा बसोवास गर्दै आएका डिला खरेलले पुरस्कार स्थापना गरेका हुन्। मञ्चका अध्यक्ष नेपालको मस्तिष्कघातका कारण ०७८ असोजमा निधन भएको थियो।

सम्मानित अर्याल ०५५ सालदेखि गजल लेखनमा निरन्तर सक्रिय छन्। उनका ‘तिमी आउनुअघि’ (२०७१), ‘तिमी आएपछि’ (२०७३) र ‘लौरो’ (२०७५) गरी तीनवटा एकल तथा ‘ई–प्रतिनिधि नेपाली गजल’, ‘हैसियत–२’, ‘शब्द शिविर’, ‘अक्षरहरूको पिरामिड’ गरी चारवटा संयुक्त गजलसंग्रह प्रकाशित छन्।

त्यसैगरी अर्यालले लेखेका ६ वटा गजल विभित्र गायकको आवाजमा सांगीतिक रूपमा आएका छन्। उनी हाल काव्यकुञ्ज साहित्य प्रतिष्ठान चितवनका अध्यक्ष छन्।

ad
ad