१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २१ शुक्रबार o८:o१:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

बजाज ‘ग्रान्ड कार्निभल’मा  युवाको आकर्षण

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o८:o१:oo

बजाज मोटरसाइकलको नेपालस्थित अधिकृत विक्रेता एचएच बजाजले २४ असोजदेखि काठमाडौंको भृकुटीमण्डपमा जारी राखेको ‘ग्रान्ड कार्निभल’मा युवाहरूको भिड बढेको छ । 

२९ असोजसम्मका लागि आयोजित यस इभेन्टमा युवालक्षित बजाजका सबै मोडलका बाइकहरू प्रदर्शनीमा राखिएका छन् भने उपत्यकाका १८ वटा डिलरहरूले सहभागिता जनाएका छन् । डिलरहरूले बजाजको नयाँ मोटरसाइकल खरिद गर्न चाहने उपभोक्तालाई सहजीकरण गर्ने गरेको एचएच बजाजका डेपुटी मार्केटिङ म्यानेजर रजिल शाक्यले जानकारी दिए ।

‘भृकुटीमण्डपमा चलिरहेको ग्रान्ड कार्निभलको एउटै छातामुनि १८ वटा डिलरले सहभागिता जनाउनुभएको छ । उपभोक्ताले बजाजका मोटरसाइकल खरिद गर्नुप¥यो भने यहीँ आएर बुकिङ गरी बाइक लैजान सक्नुहुन्छ,’ उनले भने, ‘कार्निभलको अवसरमा विभिन्न छुट र स्किमसमेत उपलब्ध गराइएको छ ।’ उनका अनुसार ‘आम्मामा २५ गुणा’ अफर ल्याइएको छ । यो अफरअन्तर्गत उपभोक्ताले बजाजका जुनसुकै मोटरसाइकल खरिदमा एउटा स्क्र्याच कुपन पाउने र सो स्क्र्याच कुपनमा लेखिएको अंकको २५ गुणा हुन आउने रकम उपभोक्तालाई नगदस्वरूप छुट दिइने शाक्यले जानकारी दिए । तर, यो सुविधा प्राप्तिका लागि केही सर्त राखिएको उनको भनाइ छ ।

त्यस्तै, कार्निभलमा आउने उपभोक्ताले टिकटक प्रतिस्पर्धाअन्तर्गत ‘जिन्दगी सरर्’ योजनाको मज्जा लिन सक्ने पनि उनले जानकारी दिए । जुनसुकै पुरानो मोटरसाइकल लिएर बजाजको नयाँ मोटरसाइकल लिन चाहने उपभोक्तालाई पनि डिलरहरूले सहजीकरण गर्ने कम्पनीको भनाइ छ । यसका लागि ‘भ्यालुएसन भनेजति, फाइनान्स चाहिएजति’ स्किम ल्याइएको छ । ‘यस स्किमअन्तर्गत उपभोक्ताले ल्याएको जुनसुकै मोटरसाइकलको अधिकतम भ्यालुएसन दिने र बजाजका उपभोक्ताले लैजान चाहेको नयाँ मोटरसाइकल दिएर पठाउने गरिएको छ,’ शाक्यले भने, ‘कार्निभलको अवधिभर बजाजले ल्याएको स्किमको भरपूर फाइदा उठाउन आमउपभोक्तालाई आग्रह गर्दछु ।’

कार्निभलको अवसर पारेर कम्पनीले पल्सर  एन–१६० को क्यारिबियन ब्लु रङको नयाँ मोटरसाइकलसमेत सार्वजनिक गरेको छ । बजाज मोटरसाइकल नेपाली उपभोक्तामा सर्वाधिक रुचाइएको ब्रान्डमध्ये एउटा हो ।  खासगरी बजाजको पल्सर सिरिजअन्तर्गतका बाइकहरू युवाको अत्यधिक रोजाइमा पर्दै आएका छन् । नेपाली बजारमा बजाजको डोमिनार, पल्सर, डिस्कोभर, प्लाटिना, एभेन्जरलगायतका मोडलका बाइकहरू उपलब्ध छन् ।

ad
ad