१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 19 June, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format ११:२१:oo
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

शिवपुरी मावि ७५औँ वर्षमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format ११:२१:oo

महाराजगन्जस्थित शिवपुरी माध्यमिक विद्यालयले स्थापनाको ७५औँ वर्ष पूरा गरेको छ । देशका सामुदायिक विद्यालयमध्ये अग्रणी शैक्षिक संस्थाका रूपमा पहिचान बनाएको शिवपुरीले शनिबार स्थापना दिवसका साथै हीरक (७५औँ वर्षगाँठ) जयन्ती मनाएको हो ।

२००५ सालमा स्थापित यो शैक्षिक संस्था विभिन्न कालखण्डमा नाम परिवर्तन हुँदै अहिले शिवपुरी विद्यालयका रूपमा रहेको छ । शिवपुरी सुरुमा बाँसबारी आधार पाठशाला, बाँसबारी मिडिल स्कुल, बाँसबारी माध्यमिक विद्यालय हुँदै ०३० देखि शिवपुरी विद्यालयका रूपमा कायम छ । पछिल्ला वर्ष काठमाडौं महानगरपालिकाले यो विद्यालयलाई प्राविधिक शिक्षालयका रूपमा समेत विकास गरेको छ । यहाँ हाल एक हजार पाँच सय ९४ जना विद्यार्थी अध्ययनरत छन् ।

विद्यालय ७५ वर्ष पुग्नु आफैँमा ऐतिहासिक भएको र विद्यालयलाई सबैको रोजाइमा राखिराख्न शैक्षिण गुणस्तरलाई अझ बढाउनेदेखि भौतिक संरचना थप व्यवस्थित गर्न आफूहरू लागिपरेको प्रधानाध्यापक प्रकाश सुुवेदी बताउँछन् । विद्यालयको हीरक जयन्तीका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राई र प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं–५ बाट निर्वाचित कांग्रेस सांसद प्रदीप पौडेलले शिवपुरीलाई अझै राम्रो बनाउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

मन्त्री राईले शिक्षा दान गर्ने विषयमा देशकै उत्कृष्ट विद्यालयका रूपमा शिवपुरी स्थापित भएको र यो सफलता विद्यार्थी, अभिभावक, शिक्षक र दाता, कर्मचारीको योगदानबाट मात्रै सम्भव भएको बताए । सांसद पौडेलले शिवपुरी विद्यालयले आफ्नो भौतिक र जनशक्तिसहितको क्षमताभन्दा बढी विद्यार्थीलाई शिक्षा प्रदान गरेको विषयले पनि गुणस्तरीय शिक्षा प्रदान हुन्छ भन्ने स्पष्ट भएको उनले बताए । 

महानगरले शिवपुरीमा तीन वर्षयता कक्षा नौदेखि १२ सम्मका विद्यार्थीलाई लक्षित गरी दुईवटा कम्प्युटर ल्याब र एउटा प्रोजेक्टरसहित कम्प्युटर इन्जिनियरिङको पढाइ गरिरहेको छ । महानगरले उत्कृष्ट सामुदायिक विद्यालयका रूपमा कम्प्युटर अध्ययन गराउन ५० लाख रुपैयाँ अनुदान दिएको छ । यसअघि हीरक जयन्तीका अवसरमा असोज २२ देखि २६ सम्म हाजिरी जवाफ, वक्तृत्वकला, सांगीतिक कार्यक्रमलगायत आयोजना गरिएको विद्यालयले जनाएको हो ।

सोही अवसरमा विद्यालयमा लामो समयदेखि कार्यरत शिक्षक तथा कर्मचारीलाई सम्मान गरिएको थियो । हीरक जयन्तीकै अवसरमा विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्षहरू सूूर्यप्रसाद श्रेष्ठ, नरहरि आचार्य, ध्रुवबहादुर प्रधान, सूूर्यकिरण गुरुङ, प्रेमवल्लभ विष्ट र केशवराज शर्मालाई सम्मान गरेको थियो ।