१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार ५ बिहीबार
  • Thursday, 19 June, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ असार ५ बिहीबार १५:३६:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

नेप्से २४ अंकले घट्यो, कारोबार रकम ११ अर्बमाथि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ असार ५ बिहीबार १५:३६:oo

साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। नेप्से २४.७६ अंकले घटेर दुई हजार ६२८.९१ विन्दुमा कायम भएको हो। ‘क’ वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि ०.६६ प्रतिशतले घटेको छ।

आज ३१४ कम्पनीका दुई करोड ९४ लाख १५ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा ११ अर्ब २३ करोड १४ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ। अघिल्लो दिन आठ अर्ब ७८ करोडबराबरको कारोबार भएकोमा आज सो रकम बढेको हो।

आज सेयर बजारका सबै समूहको सूचकमा गिरावट आएको छ। व्यापार समूह सर्वाधिक २.४७ प्रतिशतले घट्दा विकास बैंक, जलविद्युत्, उत्पादन तथा प्रशोधन, लघुवित्त र अन्य समूह एक प्रतिशतभन्दा धेरैले घटेका छन्। बाँकी समूहको गिरावट एक प्रतिशतभन्दा कम छन्।

घटेको बजारमा पन्चकन्या माई हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक आर्जन गरेका छन्। यो कम्पनीको सेयर मूल्य ९.९८ प्रतिशतले बढेको हो। यसैगरी मध्यभोटोकोशी जलविद्युत् कम्पनी र शिवश्री हाइड्रोपावर क्रमशः ५.५५ प्रतिशत र ४.०४ प्रतिशतले बढेका छन्।

यता, पिअर इनर्जी र रसुवागढी हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ। त्यस्तै, भूगोल इनर्जी ९.९९ प्रतिशतले घट्दा कर्पोरेट विकास बैंक ६.४४ प्रतिशतले गिरावट भएको छ।