१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:४३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

इजरायलबाट स्वदेश फर्कन चाहनेलाई उद्धार गर्न सरकारको ध्यानाकर्षण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:४३:oo

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले इजरायलमा  भएको आतंकवादी आक्रमणका कारण त्रासमा बसेका नेपालीलाई उद्धार गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।  

प्रतिनिधिसभाको शून्य समयमा सांसद विमला सुवेदीले इजरायलमा भएको आतंकवादी हमलापछि स्वदेश फर्कन चाहने दुई सय ५४ जनालाई पहिलो खेपमा आज बिहान उद्धार गरिएकामा त्यसको स्वागत गर्दै स्वदेश फर्कन चाहनेलाई सबै नेपालीलाई ल्याउन सरकारसँग आग्रह गरे। 

सांसद रघुजी पन्तले इजरायलमा मारिएका व्यक्तिका पारिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्न माग गर्दै सम्पर्कविहीन भएका एकजनाको खोजी गर्न सरकारले कूटनीतिक सक्रियता  बढाउन सरकारको ध्यानाकर्षण गराए। 

सांसद मनीष झाले इजरायलबाट केही नेपालीलाई ल्याइएकामा त्यसको स्वागत गर्दै स्वदेश आउन चाहने सबैलाई ल्याउन सरकारसँग आग्रह गरे। सांसद रमा कोइराला पौडेलले इजरायलमा धेरै महिला सुसारे भएर गएकाले घर फर्कन चाहने उनीहरूलाई पनि फर्काउनुपर्नेमा जोड दिइन्।