१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज २६ शुक्रबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o असोज २६ शुक्रबार १६:२५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

तीनकुने सामूहिक हत्याका अभियुक्त कारागार चलान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o असोज २६ शुक्रबार १६:२५:oo

काठमाडौंको तीनकुनेमा गत २९ भदौमा भएको चारजनाको सामूहिक हत्याका अभियुक्त सञ्जय भण्डारी पुर्पक्षका लागि कारागार चलान भएका छन् । 

जिल्ला अदालत काठमाडौंले आज भएको थुनछेक बहसपछि भण्डारीलाई पुर्पक्षका लागि कारागार  पठाउन आदेश दिएको हो । 

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका– ९ घर भएका २३ वर्षीय भण्डारीलाई प्रहरीले घटनाको दुई दिनपछि ३२ भदौमा पक्राउ गरेको थियो । प्रहरीसँगको बयानमा उनले मोटरसाइकलले ठक्कर दिई फरार भएपछि त्यसको बदला लिन एक व्यक्तिको हत्या गर्ने योजना बनाएको, तर घटना गराउँदा घटनास्थलमा आइपुगेकाले अन्य तीनजनाको पनि खुकुरी प्रहार गरी हत्या गरेको बताएका थिए । 

साथै उनले विभिन्न मिति र स्थानमा अहिलेसम्म अन्य नौजनाको पनि हत्या गरेको बयान दिँदै प्रहरीलाई अनुसन्धान गर्न चुनौती दिएका छन् । 

गत २९ भदौमा काठमाडौंको तीनकुनेस्थित काठ उद्योगभित्र दोलखाको कालिञ्चोक गाउँपालिका– ८ का कुमार भुजेल भन्ने पूर्णबहादुर भुजेल, उनकी श्रीमती अम्बिका भुजेल र आमा शुभद्रा भुजेल, धनकुटा भिरगाउँ घर भई हाल मोरङको बेलबारी नगरपालिका– २ बस्ने १९ वर्षीय नवीन राईको हत्या भएको थियो । उनीहरूको हत्या अभियोगमा पक्राउ परेका भण्डारीको बयान सकेपछि प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएको थियो भने बिहीबार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।