१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० असोज २६ शुक्रबार १३:१३:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

भेनेजुएलासँग रोकियो ब्राजिल

फिफा विश्वकप २०२६ छनोट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० असोज २६ शुक्रबार १३:१३:००

फिफा विश्वकप २०२६ का लागि भएको दक्षिण अमेरिकी छनोटको तेस्रो खेलमा ब्राजिलले भेनेजुएलासँग बराबरी खेलेको छ । ब्राजिलले घरेलु मैदानमा भेनेजुएलासँग १–१ को बराबरी खेलेको हो । 

१–० ले अघि रहेको अवस्था भए पनि अन्तिम पाँच मिनेट सम्हालिन नसक्दा ब्राजिलले महत्वपूर्ण दुई अंक गुमायो । ५०औँ मिनेटमा गाब्रिएलले गोल गर्दै ब्राजिललाई खेलमा अग्रता दिलाएका थिए । तर, ८५औँ मिनेटमा इडवार्ड बेलोले गोल गर्दै भेनेजुएलालाई ब्राजिलसँग महत्वपूर्ण एक अंक दिलाए । 

शुक्रबार बिहान भएका दोस्रो चरणका अन्य खेलमा अर्जेन्टिनाले पाराग्वेलाई १–० ले पराजित गर्‍याे । कोलम्बिया र उरुग्वेले २–२ गोलको बराबरी खेले । चिलीविरुद्ध भने पेरूले २–० को गोल निकाल्यो भने इक्वेडरले पनि बोलिभियालाई २–१ गोलले हरायो ।