१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
२o८१ बैशाख २३ आइतबार ११:३o:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

सिराहामा चाडपर्वलक्षित सुरक्षा योजना, नौ सय ४४ सुरक्षाकर्मी परिचालन गरिने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार ११:३o:oo

आउँदै गरेको चाडपर्वमा हुन सक्ने चोरी, डकैती, लुटपाटलगायतका घटना रोक्न सिराहा प्रहरीले ‘चाडपर्वलक्षित सुरक्षा योजना २०८०’ सार्वजनिक गरेको छ।

जिल्ला प्रहरी कार्यालय सिराहाले बिहीबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको चाडपर्वलक्षित सुरक्षा योजना २०८० अनुसार पाँच ६७ जना प्रहरी बाह्य सुरक्षा तथा तीन सय ७७ जनाको रिजर्भ टोली गरी नौ सय ४४ प्रहरी जनशक्ति खटाइँदै छ। 

बाह्य सुरक्षामा परिचालित प्रहरी टोलीलाई जिल्लाका विभिन्न ठाउँमा नियमित चेकिङ नौ, छडके पाँच र ट्राफिक प्रहरीसहित आठवटा गरी  २२ टोली परिचालन गरिने सिराहा प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रवीन्द्रराज पाण्डेले जानकारी दिए। 

चाडपर्व अवधिमा ४० जनाको पैदल, १० जना साइकल, ३५ मोटरसाइकल १२ गाडीसहितको मोबाइल टोली तथा एसआरपी १७, एलआरपी पाँच, सादा र क्युआरटीका पाँच–पाँचजना प्रहरी परिचालन गरिने प्रहरी नायव उपरीक्षक पाण्डेले बताए। 

उनका अनुसार जिल्ला प्रहरी र मातहतका प्रहरी युनिटमा गरी ६९ ठाउँमा पिकेट ड्युटीसहित जिल्लाका महत्वपूर्ण प्रतिष्ठान, मुख्य लोकमार्ग, सहायक मार्ग, हुलाकी मार्ग, बैंक तथा वित्तीय संस्था, सुनचाँदी पसल तथा मुख्य बजार क्षेत्रमा सुरक्षा ड्युटी खटाइनेछ। 

प्रहरी निरीक्षकको कमान्डमा विशेष कार्यदल

चाडपर्वलाई लक्षित सुरक्षा योजनाअन्तर्गत विशेष अधिकार प्रत्योजन गरी प्रहरी निरीक्षकको कमान्डमा १० जना प्रहरी जनशक्तिको विशेष सुरक्षा कार्यदल गठन गरिएको प्रहरीले जनाएको छ। 

छिमेकी मुलुक भारतसँग सीमा जोडिएका मुख्य नाकाहरू, बढी भिडभाड हुने ठाउँमा सार्वजनिक सवारीसाधन तथा छिमेकी मुलुक भारतबाट आउने स्वदेशी तथा विदेशी यात्रुहरूको सहजीकरण गर्न ट्राफिक प्रहरीसहितको पाँच ठाउँमा संयुक्त र सीमानाकामा दुई गरी सातवटा यात्रु सहायता कक्षसमेत स्थापना गरिएको प्रहरीले जनाएको छ। 

चाडपर्वको अवधिमा सूचना संकलन तथा विश्लेषण तथा सम्प्रेषण गर्न विशेष टोलीमार्फत शान्ति सुरक्षा व्यवस्थापन, अपराध रोकथाम तथा नियन्त्रण गरिने र त्यसका लागि सामुदायिक प्रहरी साझेदारी कार्यक्रममार्फत आपराधिक घटना न्यूनीकरण गर्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ।

प्रहरीका अनुसार आपराधिक तथा अवाञ्छित गतिविधि, कालोबजारी, लागुऔषध नियन्त्रण, सवारीसाधनमा बढी भाडा असुली, चोरी, डकैती, पाकेटमारी, लुटपाट, अवैध मदिरा, अवैध हातहतियार ओसारपसार, तस्करी रोकथाम र नियन्त्रण, जुवातास नियन्त्रण, पटाका ओसारपसार नियन्त्रणलगायतका घटनालाई मध्यनजर गर्दै अधिकतम प्रहरी जनशक्ति परिचालन गरिनेछ।
 

ad
ad