१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
Invalid date format १६:३८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सिराहामा चाडपर्वलक्षित सुरक्षा योजना सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १६:३८:oo

जिल्ला प्रहरी कार्यालय सिराहाले चाडपर्वलक्षित सुरक्षा योजना २०८० सार्वजनिक गरेको छ। दसैँ, तिहार, महापर्व छठलाई लक्षित गरेर सुरक्षा योजना तयार गरी पत्रकार सम्मेलनमार्फत सिराहा प्रहरीले सार्वजनिक गरेको हो। 

जसअन्तर्गत नाै सय ४४ जना प्रहरीलाई परिचालन गरिएको प्रहरी उपरीक्षक (एसपी) टेकुनन्द इवा लिम्बूले बताए। चाडपर्वलक्षित सुरक्षा योजना २०८० अन्तर्गत पाँच सय ६७ जना बाह्य  सुरक्षामा र तीन सय ७७ जना रिजर्भ टोली परिचालन गरिएको एसपी लिम्बूले बताए।

चेकिङ, साइकल गस्ती, पैदल गस्ती, सादा पोसाकका प्रहरी परिचालन गरिएको भन्दै एसपी लिम्बूले जिल्लाभर ६९ स्थानमा पिकेट ड्युटी, महत्त्वपूर्ण प्रतिष्ठान, मुख्य राजमार्ग, हुलाकी राजमार्ग, बैंक तथा वित्तीय संस्था, सुनचाँदी पसललगायत मुख्य बजार क्षेत्रमा सुरक्षा ड्युटी राखिएको उनले बताए।

यस्तै, विशेष अधिकार प्रत्यायाेजन गरि प्रहरी निरीक्षकको कमान्डमा १० जना प्रहरी जनशक्ति चाडपर्वलक्षित विशेष सुरक्षा कार्यदल गठन गरिएको भन्दै एसपी लिम्बूले अपराध नियन्त्रण गर्न समयमै प्रहरी पुग्ने गरी सुरक्षा योजना बनाइएको बताएका छन्।

यस्तै, सीमाक्षेत्रमा भारतबाट यात्रा गर्ने स्वदेशी तथा विदेशी यात्रुलाई सहजीकरणका लागि ट्राफिक प्रहरीसहितको संयुक्त पाँच र सीमानाकामा गरी सात वटा यात्रु सहायता कक्ष स्थापना गरिएको भन्दै एसपी लिम्बूले सूचना संकलन तथा विश्लेषण गर्न विषेश टोली गठन गरी शान्ति सुरक्षा व्यवस्थापन, अपराध रोकथाम तथा नियन्त्रण गरिने बताएका छन्।