१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
रमेश सुवेदी काठमाडाैं
Invalid date format o६:२७:oo
Read Time : > 3 मिनेट
खेलकुद प्रिन्ट संस्करण

युवा खेलाडी र प्रशिक्षक दुवैको परीक्षा

फिफा विश्वकप २०२६ अन्तर्गत एसिया छनोटमा आज नेपाल लाओसविरुद्ध भिड्दै

Read Time : > 3 मिनेट
रमेश सुवेदी, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o६:२७:oo

नेपाली राष्ट्रिय फुटबल टोलीबाट खेलिरहेका सर्वाधिक अनुभवी दुई दर्जनभन्दा बढी खेलाडी अस्ट्रेलियामा छन् । सिनियर खेलाडी अस्ट्रेलिया पलायन भएसँगै वर्तमान नेपालको फुटबल टोलीमा युवा खेलाडीको बाहुल्यता छ । पुस्ता–हस्तान्तरण अवस्थामा पुगेको नेपाली फुटबलमा दिनप्रतिदिन खेलाडी विदेशमोहले नाजुक अवस्था छ । इटालियन नागरिक भिन्सेन्जो अल्बेर्टाे एनेसले नेपाली टोली हेरेको एक वर्ष पनि पुगेको छैन । यसबीचमा उनले नेपालबाट ९ अन्तर्राष्ट्रिय खेलमा अनुभव बटुलेका छन् । जसमा उनले तीन खेल मात्रै जित निकालेका छन् । यी दुवै जित गत चैतमा लाओसविरुद्ध थियो । 

एनेसको प्रशिक्षण करिअरमा सन् २०२६ मा हुने फिफा विश्वकप छनोट नै सबैभन्दा ठूलो प्रतियोगिता हो । साफ च्याम्पियनसिप खेले पनि फिफाले मान्यता दिएको छैन । साफमा उनले तीनमध्ये एक खेल मात्रै नेपाललाई जित दिलाए । ३९ वर्षीय एनेसले भारतीय आइएसएल टोली हेरेर नेपाल आएका हुन् । त्यसबाहेक उनीसँग ठूलो टोली हेरेको अनुभव कमै छ ।

उनी सिनियर टोलीको प्रशिक्षक बनेको पहिलोपटक हो । ‘यो मेरो र नेपाली फुटबलकै लागि ठूलो प्रतियोगिता हो । म पहिलोपटक फिफा विश्वकप छनोट खेलाउँदै छु,’ लाओसविरुद्ध खेल्नुअघि बुधबार आयोजित पत्रकार सम्मेलनमा एनेसले भने । उनी आफ्नो र नेपाली टोलीका लागि परीक्षणकाल नै मान्छन् । ‘नेपाली टोली धेरै परिवर्तन भएको छ । युवा खेलाडीलाई राम्रो गर्ने अवसर छ । यो खेल कत्तिको महत्वपूर्ण छ, सबैलाई थाहा छ । हामीले राम्रो गर्नुपर्छ,’ उनले भने । 

 आधा खेलाडी मात्रै अनुभवी
एनेसका अनुसार छनोट भएका २३ मध्ये आधा दर्जन मात्र अनुभवी खेलाडी रहेको टोलीमा कप्तान किरणकुमार लिम्बू सबैभन्दा अनुभवी खेलाडी हुन् । उनले ९१ खेल खेलेका छन् । किरणपछि रक्षक रोहित चन्दले ८४, अञ्जन विष्टले ५८, अनन्त तामाङले ५४, मनीष डाँगीले २४, आयुष घलानले १९ र एरिकले २० खेल खेलेका छन् । नियमित स्थान बनाएका युवा खेलाडी आवास लामिछाने, लाकेन लिम्बू, सुदीप गुरुङ, दीप कार्की, आशिष चौधरी र सनिश श्रेष्ठले १० अन्तर्राष्ट्रिय खेल संख्यासमेत पु¥याएका छैनन् । 

अभिषेक बराल, आशिष गुरुङ, अञ्जन राई, अमृत श्रेष्ठ, छिरिङ लामा, उत्सव राई, कृतिशरत्न छुन्जू र सञ्जीव विष्टसहित आठ खेलाडीले डेब्यु गरेका छैनन् । अमृत र सञ्जीवले पहिलोपटक टोलीमा स्थान बनाएका हुन् । एनेस आएपछि राष्ट्रिय टोलीबाट १० खेलाडीले डेब्यु गरेका छन् । अब आठ खेलाडी डेब्यु तयारीमा छन् ।

दीपकराजसिंह ठकुरी पनि अस्ट्रेलिया पुगेका छन् । नेपालले पछिल्लोपटक भारतमा भएको साफ च्याम्पियनसिप खेलेको थियो । भारत भ्रमणका एक दर्जन खेलाडी अहिले टोलीमा छैनन् । विमल घर्तीमगर, देवेन्द्र तामाङ, विमल पाण्डे, निशान खड्का, नवीन लामा, सीमान्त थापा, पुजन उपरकोटी, मणिकुमार लामा, नवयुग श्रेष्ठ र विशाल श्रेष्ठ टोलीबाहिर छन् । पुजन, विमल, निशान अस्ट्रेलिया पुगिसकेका छन् ।

 दोस्रो चरणमा पुग्ने विश्वास
विश्वकप छनोटको तयारी रूपमा नेपालले म्यानमारविरुद्ध दुई मैत्रीपूर्ण खेल खेल्यो । फिफा वरीयतामा माथि रहेको म्यानमारविरुद्धको खेलमा नेपालको प्रदर्शन सन्तुलित रह्यो । गत २२ भदौमा नेपालले म्यानमारलाई गोलरहित बराबरीमा 
रोकेको थियो । त्यसपछिको खेलमा नेपाल म्यानमारसँग १–० ले पराजित भयो ।

‘हामी शारीरिक र प्राविधिक रूपमा बलियो भएका छौँ । मेरो कप्तानीमा भएको प्रशिक्षणमध्ये यो तयारी सबैभन्दा उत्कृष्ट रह्यो,’ कप्तान किरणले भने, ‘घरेलु दर्शकलाई निराश नबनाउने पक्षमा छौँ ।’ प्रशिक्षक एनेसले जितबाहेक अरू विकल्प नभएको बताउँदै दोस्रो चरण प्रवेश गर्न खेल्ने बताए । ‘हामी खेलमैदानमा देखाउँछौँ । थ्री नेसन्समा खेलेको टोलीभन्दा यो उत्कृष्ट छ,’ उनले भने, ‘परिस्थिति फरक बनेको छ, हामी अर्काे चरण खेल्नेछौँ ।’

 समर्थकको बाक्लो उपस्थिति रहने आशा
दशरथ रंगशालामा नेपालको समर्थन गर्न घरेलु दर्शकलाई कप्तान किरणले आग्रह गरेका छन् । उनले घरेलु दर्शकमाझ लाओसलाई हराउन खेल्ने बताएका छन् । ‘हामी घरमा जित्न चाहन्छौँ । धेरै दर्शक आउने र समर्थन गर्नेमा विश्वास छ,’ उनले भने, ‘दशरथ रंगशालामा सधैँ दर्शकमाझ खेल्न रमाइलो लाग्छ । 

अरू मैदानमा खेलेकोभन्दा यो मैदानमा खेल्दा सधैँ विशेष लाग्छ ।’ उनले प्यारापिट भरिने दर्शक आएर ९० मिनेट नै रातो र चन्द्र सूर्य गीत गाउन आग्रह गरे । ‘रातो र चन्द्र सूर्य गीत गुन्जियोस् । यस्तो दर्शक आइदिनुस् कि मैदानमै दर्शक नअटाऊन्,’ उनले भने, ‘दर्शकको साथ पाउँदा हामीले राम्रो नजिता निकाल्न सक्छौँ ।’

 अञ्जनलाई कीर्तिमान बनाउने मौका 
नेपाली राष्ट्रिय टोलीका अट्याकर अञ्जन विष्टलाई लाओसविरुद्ध पुनः एकपटक १३ गोलको कीर्तिमान बराबर गर्ने अवसर रहेको छ । नीराजन रायमाझी र हरि खड्काले राष्ट्रिय टोलीबाट समान १३ अन्तर्राष्ट्रिय गोल गरेका छन् । कीर्तिमानी घरेलु दर्शकमाझ बराबर गर्ने लक्ष्यमा अञ्जन छन् । ‘फेरि एकपटक १३ गोल बराबर गर्ने अवसर छ ।

घरेलु दर्शकमाझ यो कीर्तिमान बनाउन चाहन्छु,’ नयाँ पत्रिकासँग अञ्जनले भने । यसअघि २२ भदौमा नेपाल र म्यानमार मैत्रीपूर्ण खेल खेल्दा अञ्जन यो अवसरबाट चुकेका थिए । अञ्जनले ५९औँ मिनेटमा पाएको पेनाल्टी चुकाएका थिए । ०७१ कात्तिक १४ मा अञ्जनले अन्तर्राष्ट्रिय फुटबलबाट डेब्यु गरेका थिए । प्रशिक्षक ज्याक स्टेफानोस्कीले फिलिपिन्सविरुद्ध अञ्जनलाई सन्दीप राईको स्थानमा ६१औँ मिनेटमा मैदान पठाएका हुन् । डेब्युको पाँच वर्षपछि ०७६ सालमा अञ्जनले चाइनिज ताइपेईविरुद्ध पहिलो गोल गरेका थिए । 

घरेलु दर्शकसाथ जित्न चाहन्छौँ 
किरणकुमार लिम्बू, कप्तान, नेपाल

हाम्रो तयारी राम्रो भएको छ । यो सबैभन्दा लामो तयारी हो । फिटनेस राम्रो र रणनीतिअनुसार प्रशिक्षण गरेका छौँ । म, रोहित र मनीष जोडिएपछि टोलीको मनोबल पनि उच्च छ । दोस्रो चरणमा पुग्ने गरी खेल्छौँ । तर, लाओस निकै राम्रो छ । घरमै जित्न चाहन्छौँ । शारीरिक रणनीति र प्राविधिक रूपमै हाम्रो टोली राम्रो छ । दशरथ रंगशालामा दर्शकमाझ खेल्न रमाइलो लाग्छ । जहाँ खेले पनि सधैँ यो मैदानमा खेल्न उत्साहित हुन्छु । धेरै दर्शक आउने र समर्थन गर्ने विश्वास छ । भोलि हामी मैदानमा ठूलो झन्डा पनि देख्न पाउँछौँ । अन्तिम ९० मिनेट नै रातो र चन्द्र सूर्य गीत गुन्जियोस् । 

लाओसविरुद्ध उत्साहित छौँ
भिन्सेन्जो अल्बेर्टाे एनेस, प्रशिक्षक, नेपाल

हामीलाई यो खेल निकै महत्वपूर्ण छ । हामीले दुई महिनाको तयारी गरेका छौँ । धेरै मैत्रीपूर्ण खेल खेल्न पाएनौँ । म्यानमारविरुद्ध दुई मैत्रीपूर्ण खेल निकै राम्रो भयो । सबै खेलाडी फिट छन् । हामीलाई दोस्रो चरण पुग्ने राम्रो अवसर छ । यो मेरो करिअरकै महत्वपूर्ण खेल हो । नेपाललाई जति महत्वपूर्ण छ, मलाई पनि त्यतिकै छ । मेरो फुटबल प्रशिक्षण करिअरमा पहिलोपटक विश्वकपमा खेलाडीलाई उतार्दै छु । लाओससँग खेल्न उत्साहित छौँ । मार्चमा खेलेको लाओस र यो टोली निकै फरक छ । हाम्रो पनि परिस्थिति फरक छ । म अर्काे चरणमा पुग्न चाहन्छु ।