१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार o६:१३:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

भारत आठ विकेटले विजयी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o६:१३:oo

कप्तान रोहित शर्माको शतकीय इनिङ्सको मद्दतमा भारतले आइसिसी एकदिवसीय क्रिकेट प्रतियोगितामा बुधबार अफगानिस्तानलाई आठ विकेटले हराएको छ । पहिलो ब्याटिङ गरेको अफगानिस्तानले ५० ओभरमा आठ विकेटको क्षतिमा दुई सय ७२ रनको योगफल खडा गरेको थियो । प्रत्युत्तरमा भारतले ३५ ओभरमा दुई विकेट गुमाएर दुई सय ७३ रन बनायो । भारतले दुई खेलबाट चार अंक बटुलेको छ । लिग तालिकामा न्युजिल्यान्डले दुई खेलबाट चार अंक जोडेको छ । रनरेटमा न्युजिल्यान्ड शीर्ष स्थानमा छ । 

अफगानिस्तानविरुद्ध लक्ष्य पछ्याउँदा रोहितले ८४ बलमा एक सय ३१ रनको इनिङ्स खेले । उनले १६ चौका र पाँच छक्का प्रहार गरे । रोहितले ईशान किशनसँग पहिलो विकेटका लागि १८.४ ओभरमा एक सय ६७ रनको साझेदारी गरेका थिए । ईशानले ४७ बलमा पाँच चौका र दुई छक्काको सहयोगमा ४७ रन जोडे । त्यसपछि रोहितले विराट कोहलीसँग दोस्रो विकेटका लागि ४९ रनको साझेदारी गरे । रसिद खानको बलमा रोहित बोल्ड भए । त्यसपछि श्रेयष ऐयर र विराटले तेस्रो विकेटका लागि ६८ रनको साझेदारी गरे । 

यसअघि ब्याटिङ गरेको अफगानिस्तानका लागि हसमुतुल्ला साहिदीले ८८ बलमा ८० रन जोडे । उनले आठ चौका र एक छक्का प्रहार गरे । ओमाजीले ६९ बलमा ६२ रन बनाए । भारतका लागि जसप्रित बुमराहले ३९ रन खर्चेर चार विकेट लिए । 

सात शतक लगाउने रोहित पहिलो
एकदिवसीय विश्वकपमा सात शतक लगाउने रोहित पहिलो खेलाडी बनेका छन् । उनले अफगानिस्तानविरुद्ध ६३ बलमा शतक लगाएका थिए । उनले भारतका पूर्वकप्तान सचिन तेन्दुलकरको नाममा रहेको सर्वाधिक ६ शतकको रेकर्ड तोडे । सचिनले एकदिवसीय विश्वकपमा ४४ इनिङ्समा ६ शतक लगाएका थिए । रोहितले २०१५ मा एक र २०१९ मा पाँच शतकीय इनिङ्स खेलेका थिए । रोहितको यो एकदिवसीय करिअरमा ३१औँ शतक हो । 

ad
ad