१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
सौरभ यादव राजविराज
२o८१ बैशाख २१ शुक्रबार १o:५२:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

निजामती विधेयकमा असन्तुष्टि जनाउँदै कर्मचारीद्वारा अनिश्चितकालीन ‘पेनडाउन’ 

Read Time : < 1 मिनेट
सौरभ यादव, राजविराज
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १o:५२:oo

सरकारले ल्याउन लागेको संघीय निजामती विधेयकमा असन्तुष्टि जनाउँदै सप्तरीका  स्थानीय तहका कर्मचारी अनिश्चितकालीन ‘पेनडाउन’ गरेर आन्दोलित बनेका छन्। जिल्लाका १८ वटै स्थानीय तहका कर्मचारी विभिन्न माग राखेर आन्दोलनमा उत्रिएका हुन्।

संघीय निजामती सेवा ऐनमा समावेश गर्नुपर्ने विभिन्न माग राख्दै स्थानीय तहका कर्मचारीले मंगलबार देखि अनिश्चितकालीन पेनडाउनको कार्यक्रम सुरु गरेका हुन् ।

स्थानीय तह कर्मचारी संघर्ष समितिले जिल्ला पालिका  र केन्द्रीयस्तरमा जारी आन्दोलनलाई ऐक्यबद्धता जनाउँदै पालिका प्रमुखलाई ज्ञापनपत्र बुझाउँदै पेनडाउनको घोषणा गरेको हो । पालिकाका कर्मचारीहरूले नगरस्तरीय संघर्ष समिति गठन गरेर केन्द्रीय संघर्ष समितिले तय गरेको तालिकाअनुसार अत्यावश्यकबाहेकका सेवा प्रवाह नगर्ने गरी अनिश्चितकालीन रूपमा पेनडाउनमा उत्रिएको उल्लेख  छ ।

ad
ad