१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार १६:३७:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सशस्त्र प्रहरीद्वारा चाडपर्वलक्षित १२२ हेल्प डेस्क स्थापना

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १६:३७:oo

चाडपर्वलाई लक्षित गरी सशस्त्र प्रहरी बल, नेपालले देशका विभिन्न एक सय २२ स्थानमा सहायता कक्ष (हेल्प डेस्क) र ३३ स्थानमा स्वास्थ्य कक्ष (हेल्थ डेस्क) स्थापना गरेको छ।

भारततर्फको सीमावर्ती इलाकामा एक सय २० स्थानमा र चीनतर्फ दुई स्थानमा सहायता कक्ष राखिएको छ भने स्वास्थ्य कक्ष भारततर्फ ३० स्थानमा र चीनतर्फ तीन स्थानमा राखिएको छ।

सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार दसैँ, तिहार तथा छठपर्वलाई लक्षित गरेर सीमा इलाकामा नागरिकको सुरक्षित एवं सहज अवागमनको व्यवस्था मिलाउन तथा आपतविपतमा परेका नागरिकको उद्धार कार्यमा सहयोग पुर्‍याउने अभिप्रायले दुवै देशका सुरक्षाकर्मीसँगको समन्वय र सहकार्यमा कक्ष राखिएको हो।

चाडपर्वलक्षित सहायता कक्ष नं. १ बराह बाहिनी मुख्यालय सुनसरीमातहत २५, नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीमातहत ५३, नं. ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुरमातहत दुई, नं. ४ मुक्तिनाथ बाहिनी मुख्यालय कास्कीमातहत दुई, नं. ५ विन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देहीमातहत १९, नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतमातहत एक र नं. ७ वैद्यनाथ बाहिनी मुख्यालय कैलालीमातहत २० स्थानमा राखिएको छ।

स्वास्थ्य कक्ष नं. १ बराह बाहिनी मुख्यालय सुनसरीमातहत चार, नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीमातहत २२, नं. ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुर मातहत तीन, नं. ५ विन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देहीमातहत तीन र नं. ७ वैद्यनाथ बाहिनी मुख्यालय कैलालीमातहत एक स्थानमा राखिएको छ।

आवश्यक देखिए अन्य स्थानहरूमा समेत सहायता कक्ष र स्वास्थ्य सेवा कक्षहरू स्थापना गरी सेवा प्रदान गरिने सहप्रवक्ता थापाले जानकारी दिए।  चाडपर्वको वेला सीमा नाकाबाट आवतजावत गर्ने नागरिकहरूको सुरक्षा, सीमा क्षेत्रमा हुन सक्ने अवैध गतिविधि, चोरी–डकैती, लुटपाटजस्ता घटनाहरू हुन नदिन, अप्ठ्यारोमा परेका नागरिकको सहयोग गर्न हेल्प डेस्क राखिएको छ।

सीमानाकाबाट आवतजावत गर्ने क्रममा कुनै पनि नागरिकमा स्वास्थ्य समस्या देखिए हेल्थ डेस्कमा उपलब्ध स्राेतसाधनको प्रयोग गरी स्वास्थ्यकर्मीहरूद्वारा उपचार गर्ने व्यवस्था मिलाइएको छ।

ad
ad