१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०८० असोज २३ मंगलबार ११:१५:००
Read Time : < 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

‘कालो अक्षर, रातो अक्षर’  शैक्षिक विकृतिमाथि प्रहार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० असोज २३ मंगलबार ११:१५:००

संविधानको धारा ३० (१ ) मा प्रत्येक नागरिकलाई आधारभूत शिक्षामा पहुँचको हक हुने भनिएको छ । सोही धाराको उपधारा २ मा भनिएको छ, ‘प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउने हक हुनेछ ।’ तर, यो संवैधानिक व्यवस्था केवल कोरा नारा बनेको छ ।

संविधानले अनिवार्य र निःशुल्क शिक्षा भने पनि शिक्षामाथि भइरहेको व्यापार, यही विषयलाई देखाएर भइरहने विद्यार्थी आन्दोलन र राजनीतिक नेतृत्वको दोहोरो चरित्रमा आधारित रहेको नाटक ‘कालो अक्षर, रातो अक्षर’ १७ असोजदेखि काठमाडौंको बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा प्रदर्शन भइरहेको छ । २७ असोजसम्म यसको मञ्चन चल्नेछ । 

नाटकका लेखक आरके रोमसले शैक्षिक विकृति र विद्यार्थी आन्दोलनसँगै उच्च शिक्षाका लागि बिदेसिने विद्यार्थीको कथा समेट्न खोजेको बताए । अनेरास्ववियुका अध्यक्ष समिक बडालको परिकल्पनामा बनेको नाटकको निर्देशन दिलीप खड्का र सहनिर्देशन खिलकुमार राईले गरेका हुन् । नाटकमा अनुप न्यौपाने, दीपेश काफ्ले, बालकृष्ण रिजाल, मिलन कार्की, योगिन राई, रेनुनाथ योगी, रमिला मोक्तान, संगीता थापा, सञ्जीव राई, सुजैन सिलवाल, सुदीप खड्का र शान्ता मोक्तानको अभिनय छ ।