१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
पाकिस्तानमा रहेको विश्वकै दोस्रो अग्लो केटु (८,६११ मिटर) हिमालमा क्रिस्टिन र तेन्जेन । फाइल तस्बिर : सेभेन समिट ट्रेक्स
रासस काठमाडौं
Invalid date format १७:o१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

विश्व कीर्तिमानी आरोही तेन्जेन शेर्पा हिमपहिरोमा परी बेपत्ता

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:o१:oo

चीनको सिसापाङ हिमाल (८०२७ मि) आरोहणका क्रममा गएको हिमपहिरोमा विश्व कीर्तिमानी आरोही तथा पथप्रदर्शक तेन्जेन शेर्पा (लामा) बेपत्ता भएका छन्।

विश्वका १४ अग्ला हिमालमध्ये चीनको तिब्बतमा रहेको १४औँ अग्लो सिसापाङ हिमालमा गत शनिबार गएको हिमपहिरोमा उनीसँगै अमेरिकी नागरिक गिना मारी रुजकिल्डो पनि बेपत्ता भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ।

मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै यही असोज २० गते गएको हिमपहिरोमा परी दुवैको अवस्था हालसम्म अज्ञात रहेको जनाएको छ। ‘उक्त हिमपहिरोमा परी कर्मा ग्याल्जेन शेर्पा, मित्रबहादुर तामाङ र कामिरिता शेर्पा गम्भीर रूपमा घाइते भएका जानकारी प्राप्त भएको छ,’ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

हराइरहेकाको खोज तथा उद्धारका लागि मन्त्रालयले आवश्यक पहल गरिरहेको र केहीलाई उद्धार गरी उपचार भइरहेको मन्त्रालयले जानकारी दिएको छ। अन्तर्राष्ट्रियस्तरमा ख्याति प्राप्त एवं विश्व रेकर्ड राख्न सफल आरोही र शेर्पाको मृत्यु भएको तथा अज्ञात अवस्थाको खबरले मन्त्रालय र सिंगो पर्वतारोहण क्षेत्र स्तब्ध भएको विज्ञप्तिमा उल्लेख गरिएको छ।

नेपाल पर्वतारोहण संघ र नेपाली पर्वतारोहण सञ्चालक कम्पनीका अनुसार असोज २० गते बिहान करिब ११ बजे आरोही गाइड मिमार शेर्पा र अमेरिकी नागरिक अन्ना गुटुको हिमपहिरोका कारण बेपत्ता भएकामा सोही दिन दुवैजनाको मृत शरीर भेटिएको मन्त्रालयले जनाएको छ।