१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार १६:२९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

महानगरवासीलाई निःशुल्क रगत उपलब्ध गराउन रेडक्रससँग सम्झौता 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १६:२९:oo

महानगरवासीलाई निःशुल्क रगत र रक्ततत्व उपलब्ध गराउन आज काठमाडौं महानगरपालिकाले नेपाल रेडक्रस सोसाइटीसँग सम्झौता गरेको छ। प्रमुख बालेन्द्र साह (बालेन) र उपप्रमुख सुनिता डंगोलको उपस्थितिमा उक्त सम्झौता भएको हाे।  

महानगरपालिकाका तर्फबाट स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेल र नेपाल रेडक्रस सोसाइटीका तर्फबाट उपमहामन्त्री मनोजकुमार थापाले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। 

यसअघि महानगरको निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन भइरहेको छ। स्वास्थ्य सेवालाई सहज र पहुँचयुक्त बनाउन रगत र रक्ततत्व निःशुल्क उपलब्ध गराउन लागिएको हो।
 

ad
ad