मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o असोज २२ सोमबार
  • Wednesday, 02 September, 2026
नयाँ पत्रिका काठमाडौं
२o८o असोज २२ सोमबार १२:oo:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

एनआइसी एसिया क्यापिटलको सचेतना प्रचार सामग्री 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o असोज २२ सोमबार १२:oo:oo

 एनआइसी एसिया क्यापिटल लिमिटेडले विश्व लगानीकर्ता सप्ताहको अवसर पारेर लगानीकर्ता तथा सर्वसाधारणलाई साक्षर र सुसूचित गराउने उद्देश्यका साथ विभिन्न जानकारीमूलक सामग्री भएको भिडियो सन्देश सार्वजनिक गरेको छ । 

उक्त भिडियोमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई छुट्याइएको सेयर खरिदमा आवेदन दिँदा ध्यान दिनुपर्ने कुराहरू, सर्वसाधारणमा निष्कासन गरेको सेयर बाँडफाँड प्रक्रिया, धितोपत्रको दोस्रो बजार, मुद्रा बजार उपकरणहरू, सामूहिक लगानी कोष, दोस्रो बजारमा सूचीकृत कम्पनीहरूमा लगानी गर्दा कहिले कसरी लगानी गर्न सकिन्छ तथा लगानीसम्बन्धी निर्णय लिँदा विशेष ध्यान दिनुपर्ने कुरा समेटिएको क्यापिटलले जनाएको छ ।

त्यस्तै, सूचीकृत कम्पनीहरूमा लगानीसम्बन्धी निर्णय गर्दा स्कोरबोर्डको प्रयोगको सम्बन्धमा आवश्यक जानकारी समावेश गरी क्यापिटलका अधिकारीहरूले तयार पारी प्रसारण गरेको क्यापिटलको भनाइ छ ।