१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ २ बुधबार o७:५७:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

दसैँ–तिहारलक्षित सुपथ पसल सुरु

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार o७:५७:oo

दसैँ, तिहार र छठमा हुन सक्ने खाद्यान्नको कृत्रिम मूल्यवृद्धिबाट उपभोक्तालाई राहत दिन सरकारले सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । तीन सार्वजनिक संस्थानहरू खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड र दुग्ध विकास संस्थान (डिडिसी)ले प्रचलित बजार मूल्यमा छुट दिएर सुपथ पसलमा विभिन्न खाद्य सामग्रीको बिक्री सुरु गरेका हुन् । आइतबारबाट सुरु भएको सुपथ पसल उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उद्घाटन गर्दै उपभोक्तालाई बढीभन्दा बढी लाभ लिन आग्रह गरे । उनले उपभोक्तालाई बढ्दो महँगीबाट राहत दिन सरकारले सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको बताए ।

तीन संस्थानले उपत्यकाका केही स्थानमा संयुक्त रूपमा सुपथ पसल सञ्चालन गरेका छन् भने अधिकांश ठाउँमा आ–आफ्नो कार्यालय र बिक्री केन्द्रमार्फत छुट मूल्यमा खाद्य सामग्री बिक्री थालेका छन् । मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा रहेका आठ बिक्रीकेन्द्र र तीन घुम्ती पसलसमेत गरी जम्मा ३५ स्थानमा सुपथ मूल्य पसल राखिएको छ ।

काठमाडौंबाहिर मोरङ, झापा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, दिक्तेल, भोजपुर, ओखलढुंगा, खोटाङ, सिराहा, जनकपुर, पर्सा, काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, तनहुँ, गोरखा, मनाङ, मुस्ताङ, रुपन्देही, बाँके, दाङ, बर्दिया, रुकुम–पूर्व र रुकुम–पश्चिम, रोल्पा, सुर्खेत, गुल्मी, दैलेख, डोल्पा, कालीकोट, हुम्ला, जाजरकोट, जुम्ला, मुगु, कैलाली, डडेल्धुरा, बाजुरा, बझाङ, अछाम, दार्चुला, महेन्द्रनगर गरी ४२ जिल्लाका ४८ स्थानमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीका सहुलियतपूर्ण पसल रहेका छन् । त्यस्तै साल्ट ट्रेडिङ र डिडिसीले पनि आ–आफ्नो कार्यालय र बिक्री केन्द्रमा सुपथ पसल सञ्चालन गरेका छन् ।

सुपथ पसलबाट उपभोक्तालाई छुट मूल्यमा खाद्य सामग्री बिक्री गरेबापत सरकारले शोधभर्ना दिनका लागि खाद्य कम्पनीलाई दुई करोड ३२ लाख २० हजार बजेट छुट्याइएको छ भने साल्ट ट्रेडिङमार्फत बिक्री हुने सामानमा सहुलियत दिन सरकारले एक करोड रुपैयाँ छुट्याएको छ । साल्ट ट्रेडिङ कर्पोरेसनले चिनी प्रतिकिलो ९७ रुपैयाँमा बिक्री थालेको छ ।

खाद्य कम्पनीमार्फत सुपथ पसलमा बजार मूल्यको तुलनामा चामल, दाल, गहुँ, आँटा, पिठो, मैदा, तेल र चिउरा प्रतिकिलो सात रुपैयाँ छुटमा उपलब्ध छ भने कर्णालीको सिमी, गेडागुडी, दाल, चिनो, कागुनो र उवा प्रतिकिलो १० रुपैयाँ छुटमा बिक्री थालिएको छ । घटस्थापनादेखि बिक्री सुरु हुने जिउँदो खसी, बोका र च्यांग्रामा प्रतिकिलो १० रुपैयाँ छुट दिइनेछ ।
साल्ट टे«डिङमार्फत बिक्री हुने नुनमा प्रतिकिलो दुई र तेल तथा चिउरामा प्रतिकिलो सात रुपैयाँ छुट राखिएको छ । डिडिसीका उत्पादन घिउमा प्रतिकिलो २० र पनिर प्रतिदुई सय ग्राममा २० रुपैयाँ छुट राखिएको छ ।
 

ad
ad