Skip This
एमालेसँग पार्टी एकता वा सरकारमा सहकार्यको सम्भावना छ : उपमहासचिव पुन
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज २० शनिबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o असोज २० शनिबार १८:३२:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

एमालेसँग पार्टी एकता वा सरकारमा सहकार्यको सम्भावना छ : उपमहासचिव पुन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o असोज २० शनिबार १८:३२:oo

नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुन अनन्तले आफ्नो दल र एमालेबीच फेरि पार्टी एकता वा कुनै प्रकारको सहकार्य हुन सक्ने बताएका छन्।

राजधानीमा शनिबार आयोजित ‘माओवादी जनयुद्धका सहिद तथा बेपत्ता परिवार र आस्थाका बन्दीहरू’को सम्मान कार्यक्रममा बोल्दै पुनले विगतको जरा एउटै भएको र कयौँ राजनीतिक एजेन्डामा समानता भएका दुई पार्टी कुनै पनि वेला मिल्न सक्ने बताएका हुन्।

फेरि मिल्नुपर्ने अवस्था आउन सक्ने भएकाले धेरै टाढा पुगेर माओवादी आन्दोलनको योगदानलाई अवमूल्यन नगर्न उनले एमाले अध्यक्ष केपी ओलीलाई आग्रह गरे। ‘हिजो हामीले नेकपा बनायौँ। यद्यपि, टिकाउन सकिएन, इतिहासले त्यसको समीक्षा गर्दै गर्ला। फेरि पनि कम्युनिस्ट पार्टीहरू मिलेर ढिलो चाँडो संयुक्त मोर्चा, पार्टी एकता, गठबन्धन या संयुक्त सरकार कुनै पनि रूपमा जाने सम्भावना छ,’ पुनले भने, ‘म कमरेड केपी ओली र एमालेका नेताहरूलाई भन्न चाहन्छु, धेरै पर गएर आन्दोलनको अपमान नगर्नुस्। हामी त्यसलाई अस्वीकार गर्दछौँ।’ 

तत्कालीन नेकपाको राजनीतिक प्रतिवेदनमा तत्कालीन मालेले झापा आन्दोलन हुँदै एमालेमा भएको रूपान्तरण, शान्तिपूर्ण संघर्ष र संसदीय अभ्यासका क्रममा हासिल गरेका शिक्षा तथा अनुभवको स्वामित्व आफूहरूले लिएको र माओवादी जनयुद्धको स्वामित्व तत्कालीन एमालेले लिएको तथ्य जगजाहेर रहेको स्मरण गराए। 

पुनले कांग्रेसले ००७ साल, ०१८ साल, ०२५-०२६ सालमा गरी तीनपटक र तत्कालीन माले (हालको एमाले)को नेतृत्वमा ०२८ सालमा र तत्कालीन नेकपा माओवादीको नेतृत्वमा ०५२ सालमा हतियार उठेको इतिहास नबिर्सन सचेत गराए। नेपालका मूलधारका प्रमुख तीन दलले कहिले सशस्त्र संघर्ष र कहिले शान्तिपूर्ण संघर्षको माध्यम प्रयोग गरेको भन्दै उनले ०७५ वर्ष लामो संघर्षको प्रतिफल अहिलेको राजनीतिक उपलब्धि भएको उल्लेख गरे।

‘हामी सामन्तवाद र राजतन्त्रको अन्त्यका लागि कांग्रेसले र तत्कालीन मालेले हतियार उठाउनु ठीक थियो भन्न सक्छौँ,’ पुनले भने, ‘जनयुद्धले उठाएका मुद्दाहरू र परिवर्तनलाई साझा सम्पत्ति हो भनेर नेकपाको दस्ताबेजमा स्वीकार गर्ने ओलीजी र एमालेका नेताहरूलाई सबै आन्दोलनहरूको सम्मान गर्न आग्रह गर्न चाहन्छु। तीनवटै ठूला दलले कहिले सशस्त्र र कहिले शान्तिपूर्ण संघर्षको माध्यम प्रयोग गरेका छौँ। परिवर्तनका जस सबै लिने, त्यसको लाभ पनि लिने र समाज रूपान्तरणका लागि महत्वपूर्ण योगदान गरेका आन्दोलनहरूको अपमान कसैले पनि गर्नुहुँदैन।’