१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज २० शनिबार
  • Friday, 09 May, 2025
२o८o असोज २० शनिबार १७:२२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

इतिहासको कठघरामा पुगेर भासिएको राजतन्त्र फर्कने कल्पना गर्नु बेकार : खनाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o असोज २० शनिबार १७:२२:oo

नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले राजतन्त्र फर्काउने आशामा राजावादीहरू अझै पनि सलबलाइरहेको बताएका छन्।

नेपालमा अझै पनि राजतन्त्र फर्काउन सकिन्छ कि भनेर पूर्वराजा ज्ञानेन्द्र शाहले दाउ हेरिरहेकाे खनालको भनाइ छ। राजतन्त्र फर्कने आशामा शाह विभिन्न मठमन्दिर घुम्ने, धार्मिक सभाहरू गर्दै हिँड्ने काम गरेको उनले टिप्पणी गरेका हुन्।

पार्टीको मेची–महाकाली जागरण अभियान तथा संगठन विस्तार कार्यक्रमलाई नवलपुरको कावासोतीमा सम्बोधन गर्दै नेता खनालले विगतको राजतन्त्र इतिहासको कठघरामा पुगेर भासिएको भन्दै अब त्यस्तो कल्पना गर्नु बेकार हुने बताए।

उनले अहिलेको शासन व्यवस्थाले गरिब झन्झन् गरिब र धनीहरू दिनदिनै धनी हुँदै जाँदा शासन व्यवस्थामा असन्तुलन देखिएको भन्दै त्यसलाई समाधान गर्न समाजवादको लक्ष्यमा पुग्न आफ्नो पार्टीले अग्रसरता लिएको जिकिर गरे।

नेता खनालले एकीकृत समाजवादीले अग्रगमनको एजेन्डा सेट गरिसकेको दाबी गर्दै राज्यलाई सही बाटोमा ल्याउन र राष्ट्रको एजेन्डा बनाउन अभियान सञ्चालन गरेको प्रस्टीकरण दिए। देशमा देखिएका धेरै समस्याको जड बेरोजगारी भएको भन्दै उनले सबै मिलेर बेरोजगारी समस्या समाधान गर्नुपर्नेमा जोड दिए।