१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
हदिश खुद्दार जनकपुरधाम
२०८० असोज २० शनिबार ०७:०२:००
Read Time : < 1 मिनेट
प्रदेश प्रिन्ट संस्करण

१२ मन्त्रालय पुर्‍याएर १० महिनापछि मधेश सरकारले पूर्णता पायो

Read Time : < 1 मिनेट
हदिश खुद्दार, जनकपुरधाम
२०८० असोज २० शनिबार ०७:०२:००

मधेश प्रदेश सरकारले १० महिनापछि पूर्णता पाएको छ । शिक्षा तथा समाज कल्याण मन्त्रालय फुटाएर खेलकुद तथा समाज कल्याण मन्त्रालय र शिक्षा तथा संस्कृति मन्त्रालय बनाइएसँगै सरकारले पूर्णता पाएको हो । जसपा नेता सरोजकुमार यादव नेतृत्वको सरकारमा अब १२ मन्त्री र दुई राज्यमन्त्री छन् । यससँगै चार महिनादेखि विनाविभागीय मन्त्री रहेकी जसपाकी सुरिता साह खेलकुदमन्त्री बनेकी छिन् ।

आफूहरूलाई जानकारी नै नदिई मन्त्रालय फुटाएको भन्दै जनमतका संसदीय दलका नेता समेत रहेका खेलकुदमन्त्री महेशप्रसाद यादवले आपत्ति जनाएका छन् । ‘यस विषयमा मन्त्रिपरिषद्मा प्रस्ताव नै लगिएन । अवैधानिक रूपमा मुख्यमन्त्रीले मन्त्रालय फुटाउनुभएको छ,’ उनले भने । ०७४ मा मधेश सरकार गठन हुँदा मुख्यमन्त्रीसहित सातमन्त्री थिए । तर, त्यसपछि जसपा विभाजन हुँदा तत्कालीन मुख्यमन्त्री लालबाबु राउतले मन्त्रालयलाई फुटाएर १० वटा मन्त्रालय बनाएका थिए । हालका मुख्यमन्त्री यादवले यसअघि एमाले सरकारबाट बाहिरिएर नयाँ गठबन्धन बनेपछि एउटा मन्त्रालय थपेर ११ पुर्‍याएका थिए । अहिले १२ मन्त्रालय पुर्‍याइएको हो । मधेश प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता वीरेन्द्र ठाकुरले ६ दलीय सरकार भएकाले सबै दललाई खुसी पार्न मन्त्रालय थप्नुपरेको बताए । 

जसपाको मुख्यमन्त्रीसहित चार मन्त्री र एक राज्यमन्त्री गरी पाँच छन् । कांग्रेसका तीन मन्त्री, जनमतका दुई, माओवादीका एक मन्त्री र एक राज्यमन्त्री छन् । त्यस्तै, नेकपा एसका एक मन्त्री र लोसपाका एक मन्त्री सरकारमा छन् ।