मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर १३ बुधबार
  • Wednesday, 29 November, 2023
नयाँ पत्रिका काठमाडाैं
२०८० असोज १७ बुधबार १७:४५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नक्कली बिल बनाएर चार लाख ६६ हजार हिनामिना, पालिका उपाध्यक्षसहित १३ विरुद्ध मुद्दा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० असोज १७ बुधबार १७:४५:००

नक्कली बिल बनाएर खानेपानी आयोजनामा चार लाख ६६ हजार रुपैयाँ हिनामिना गर्ने रोल्पाको गंगादेव गाउँपालिकाकी तत्कालीन गाउँपालिका उपाध्यक्ष र निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित १३ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको छ। 

गाउँपालिकाको वडा नं. २ स्थित घोरानेटी खोलामा भएको सोलार पम्पिङ खानेपानी निर्माण योजनामा भ्रष्टाचार भएको हो। 

योजनाका लागि आर्थिक वर्ष ०७६/७७ मा गंगादेव गाउँपालिकाबाट लागत अनुमान तयार भएको थियो। गाउँपालिकाबाट रकम विनियोजन भएर उपभोक्ता समितिसँग सम्झौता भई योजनाको कार्य गर्दा वास्तविक भए गरेको कार्यभन्दा बढी कार्य गरेको भनी गलत प्रतिवेदन लगाएको देखिएको आरोपपत्रमा उल्लेख छ। 

त्यसैका आधारमा गलत नापी किताब तयार गराएर सोहीबमोजिमको नक्कली बिल भरपाई तयार गरी भएको कामभन्दा बढी गर्नै नमिल्ने रकम भुक्तानी लिएको आरोप अख्तियारको छ। यसरी चार लाख ६६ हजार ४८० रुपैयाँ भुक्तानी दिई गैरकानुनी हानिनोक्सानी पुर्‍याएको दाबी अख्तियारको छ। 

हिनामिनामा संलग्न भएको आरोपमा अख्तियारले तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत (जनस्वास्थ्य निरीक्षक) सकलदेव यादव, योजना अधिकृत (सहायक पाँचौँ) कृष्णबहादुर घर्ती, तत्कालीन इन्जिनियर नवीन डाँगी, सबइन्जिनियर रोशनी विष्ट र खानेपानी तथा सरसफाइ टेक्निसियन बलबहादुर बस्नेतविरुद्ध मुद्दा दायर गरेको छ। तत्कालीन उपभोक्ता समितिका अध्यक्ष कुमार डाँगीलाई पनि अख्तियारले प्रतिवादी बनाएको छ। 

गाउँपालिकाकी तत्कालीन उपाध्यक्ष रिना घर्ती, वडा नं. २ का तत्कालीन वडाध्यक्ष भूपाल दमाईं र वडासदस्य टीका विक, गनबहादुर भण्डारी र वडासचिव कुलबहादुर योगीलाई पनि प्रतिवादी बनाएर अख्तियारले मुद्दा दायर गरेको छ।