१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज १७ बुधबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका मकवानपुर
२o८o असोज १७ बुधबार ११:o९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

हेटौँडाबाट काठमाडौं जोड्ने सडकखण्ड अवरुद्ध

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, मकवानपुर
नयाँ पत्रिका
२o८o असोज १७ बुधबार ११:o९:oo

गएराति परेको वर्षासँगै आएको पहिराेका कारण  हेटौँडाबाट काठमाडौं जोड्ने दुईवटा सडकखण्डमा आज बिहानैबाट यातायात अवरुद्ध भएका छन् । 

पहिराेका कारण हेटौँडाबाट काठमाडौं जोड्ने कान्तिलोकपथ सडकखण्डअन्तर्गत ललितपुर जिल्लाको भट्टेडाँडामा पहिरो जाँदा आज बिहानैदेखि यातायात अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । 

यसैगरी, पहिराेका कारण कुलेखानी–सिस्नेरी सडकखण्डअन्तर्गत विभिन्न स्थानमा पहिरो जाँदा आज बिहानैदेखि यातायात अवरुद्ध भएको छ । ती दुवै सडकखण्डमा गएको पहिरो आज अपराह्नमा हटाई यातायात सञ्चालनमा ल्याउने तयारी भइरहेको उनले जानकारी दिए । उक्त सडकखण्ड हुँदै चल्ने सवारीसाधन वैकल्पिक सडकबाट सञ्चालन गर्न प्रहरी नायब उपरीक्षक भण्डारीले आग्रह  गरेका छन् ।