१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज १६ मंगलबार
  • Sunday, 11 May, 2025
२o८o असोज १६ मंगलबार १५:o७:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

धानबालीमा ढुसी र गभारो लागेपछि किसान चिन्तित 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o असोज १६ मंगलबार १५:o७:oo

धानमा विभिन्न रोगको संक्रमण देखिएका छन्। कृषि ज्ञान केन्द्र चितवनका सूचना अधिकारी सुरुचि त्रिपाठीका अनुसार पश्चिम चितवनमा लगाइएको धानमा ढुसी र गभारोको समस्या देखिएको हो। 

यस्तै, पूर्वी चितवनमा फड्के किरा, मिलिबग, सित ब्लाइट, नेक ब्लास्टजस्ता रोग देखिएको उनले जानकारी दिए। उनका अनुसार कार्यालयमा दैनिक तीनदेखि चारजना धानमा लागेको समस्या लिएर आउने गरेका छन्। 

उनले भनिन्, ‘धानमा लागेको समस्या लिएर आउने किसानको संख्या बढ्दो छ। पूर्वी चितवनमा फड्के किराको समस्या मुख्य देखिएको छ।’ 

कालिका र खैरहनी नगरपालिकामा लगाइएको धानमा विशेष गरी फड्के किराको समस्या देखिएको उनको भनाइ छ। यो किराले धानको गाँजमा बसेर धानको रस चुसी सुकाउने गर्दछ। जसका कारण पात जल्ने र गाँज परालजस्तो देखिने त्रिपाठीले बताइन्। 

रोग नियन्त्रणका लागि कृषि विज्ञसँगको परामर्शमा विषादीको प्रयोग गर्न उनले कृषकलाई सुझाव दिइन्। जिल्लामा यस वर्ष २३ हजार ३४ हेक्टर क्षेत्रफलमा धान खेती गरिएको छ।