Skip This
बागमती प्रदेश सभाको बैठक बुधबारलाई सारियो
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज १६ मंगलबार
  • Saturday, 27 July, 2024
फाइल तस्बिर
नयाँ पत्रिका मकवानपुर
२o८o असोज १६ मंगलबार १५:oo:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बागमती प्रदेश सभाको बैठक बुधबारलाई सारियो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, मकवानपुर
नयाँ पत्रिका
२o८o असोज १६ मंगलबार १५:oo:oo

बागमती प्रदेश सभाको आज अपराह्न २ बजे बस्ने भनिएको बैठक विशेष कारणवश बुधबार अपराह्न ४ बजे बस्ने भएको प्रदेश सभा सचिवालयले जनाएको छ।

सोमबार साँझ बसेको प्रदेश सभाको बैठकमा प्रदेश चिट्ठा विधेयकसम्बन्धी विषयमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले सन्देशसहित फिर्ता पठाएको पूर्णपाठ प्रदेश सभाका प्रत्येक सदस्यलाई उपलब्ध गराउनुपर्ने माग गर्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमाले संसदीय दलले पटक–पटक संसद् अवरुद्ध गरी नाराबाजी लगातार गरिरहेकाले हिजै साँझ बैठक स्थगित गरी आज २ बजेका लागि सारिएको थियो।

हिजै साँझ सरकार पक्ष र प्रतिपक्ष दलबीच सहमतिको प्रयास गरिए पनि सहमति जुट्न नसकेकाले आज वार्तालाप गरी सत्तापक्ष र प्रतिपक्षबीच सौहार्दपूर्ण वातावरणमा सहमति कायम भएअनुसार आजको सट्टा बुधबार अपराह्न ४ बजे बस्ने सहमति भएको प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले जानकारी दिए। 

हिजै साँझ बसेको बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठका तर्फबाट आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामाले प्रदेश चिट्ठा विधेयकसम्बन्धी पुनः विचार गरियोस् भनी प्रदेश सभाको बैठकमा प्रस्ताव टेबुल गरेलगत्तै प्रतिपक्ष दल एमालेले संसद् अवरुद्ध गरेको थियो।