
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद धवलशमशेर राणाले नेपालगन्जमा सदभाव कायम गर्न आग्रह गरेका छन्।
मंगलबार प्रतिनिधिसभाको बैठकको आकस्मिक समयमा बोल्दै उनले सदभावको सहरमा अशान्ति नफैलाउन नेपालगन्जवासीमा अनुरोध गरेका हुन्।
साइबर क्राइमलाई प्रभावकारी कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गर्दै उनले हिंसात्मक घटनालाई नियन्त्रणमा लिन आग्रह गरे।
उनले भने, ‘हिंसाका घटनाहरू तुरुन्तै कन्ट्रोलमा ल्याउनुपर्याे। साइबर क्राइमलाई तुरुन्तै कारबाहीको दायरामा ल्याउनुपर्यो। याे सबैकाे जड माेबाइल नेटवर्क हाे। यसलाई सरकारले जतिसक्याे छिटाे नियन्त्रणमा लिनुपर्याे। ’
स्थानीय प्रशासनले सामाजिक र धार्मिक सदभाव भड्किने संकेत देखिएपछि नेपालगन्जमा कर्फ्यु आदेश जारी गरेको छ।