१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०८० असोज १६ मंगलबार १०:५३:००
Read Time : < 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

फेसनेबल राजकुमारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० असोज १६ मंगलबार १०:५३:००

थाई राजकुमारी सिरिवन्नावरी नारिरतन आफ्नो बहुमुखी प्रतिभाका कारण चर्चामा आउँछिन् । चीनको हाङझाउमा जारी एसियाली खेलकुदमा थाइल्यान्डको घोडचढी टिमबाट उनले प्रतिस्पर्धा गरिरहेकी छिन् ।

३६ वर्षीया यी राजकुमारी फेसन उद्योगसँग पनि जोडिएकी छिन् । सन् २००७ मा उनलाई चर्चित फेसन डिजाइनर पिर्रे बाल्मेनले आफ्नो डेब्यु कलेक्सन प्रस्तुत गर्नका लागि बोलाएकी थिइन् । त्यसयता, उनका शाही कलेक्सनहरू अन्तर्राष्ट्रिय दुनियाँमै चर्चित छन् । उनी चर्चित कवि पनि हुन् । 

उनले थाइल्यान्डका परम्परागत पहिरनलाई पश्चिमा स्टाइलमा सम्मिश्रण गरेर डिजाइनहरू तयार गर्ने गरेकी छिन् । फेसन कलाबारे उनी भन्छिन्, ‘राम्रो आर्टिस्ट बन्नका लागि तपाईंले प्रतिबद्धताका साथ काम गर्नुपर्छ । सबैतिरबाट प्रेरित भएर गुणस्तरीय काम गर्नका लागि तपाईंले आँखा र मस्तिष्कलाई खुला राख्नुपर्छ ।’