
आज दिउँसो मतदान हुँदै
एमाले कोशी प्रदेशकाे अधिवेशन जारी छ । जारी अधिवेशनमा सहमति जुट्न नसकेपछि मतदान हुने भएकाे छ । अध्यक्ष पदका लागि मोरङका विनोद ढकाल र मोरङकै घनश्याम खतिवडाले उम्मेदवारी दर्ता गराएका छन् ।
पदाधिकारी चयनका लागि आज निर्वाचन हुने भएको छ । निर्वाचन समिति संयोजक चूडामणि आचार्यले भने, ‘अध्यक्ष र पदाधिकारीमा सहमति जुट्न नसकेपछि आज दिउँसो मध्याह्नदेखि मतदान हुन्छ ।’
उपाध्यक्ष पदका लागि धनकुटाका टीकाराम चेम्जोङको एकल उम्मेदवारी दर्ता भएको छ । उनी वर्तमान समितिका पनि उपाध्यक्ष हुन् । एकजना सचिव पदका लागि उदयपुरका सैलेश लामा र पाँचथरका राजकुमार भण्डारीको उम्मेदवारी परेको छ ।
दुई सहसचिव पदका लागि चारजनाले उम्मेदवारी दर्ता गराएका छन् । सहसचिवका लागि शंखुवासभाका भविश्वर गुरुङ, खोटाङका देवान राई, झापाकी जलवर्षा राजवंशी र मोरङका खेम नेपालीले मनोनयन दर्ता गराएका छन् ।
१२ सय प्रतिनिधि सहभागी एमाले कोशी प्रदेशको प्रथम अधिवेशनले अध्यक्षसहित पाँचजना पदाधिकारी गरी जम्मा दुई सय १५ सदस्यीय समिति चयन गर्नेछ ।