१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
Invalid date format o८:५३:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

तनहुँमा २५ सय १२ लाई डेंगु, व्यासमा मात्रै २२ सय १८

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o८:५३:oo

तनहुँमा डेंगु संक्रमितको संख्या बढ्दै गएपछि टोलटोलमा सचेतनामूलक कार्यक्रम सुरु गरिएको छ । पछिल्लो समय व्यास नगरपालिकाको विभिन्न वडाहरूमा डेंगुको महामारी फैलँदै गएपछि चिकित्सकसहितको टोली घरघरमा पुगेर डेंगुबाट बच्ने उपायबारे जानकारी गराएको हो । शनिबारसम्म तनहुँमा दुई हजार पाँच सय १२ जना डेंगु पजिटिभका बिरामी छन् । तीमध्ये व्यास नगरपालिकामा मात्रै दुई हजार दुई सय १८ जना छन् । तनहुँमा असारयता चारजनाको डेंगुबाट मृत्यु भइसकेको छ ।

गण्डकी प्रदेशबाट खटिएका चिकित्सक र दमौली अस्पतालका डाक्टरहरू बजार क्षेत्रका स्थानीयको घरघरमा पुगेर सचेतना कार्यक्रम गरेका हुन् । केही दिन अगाडि काठमाडौंबाट आएका चिकित्सकको टोलीले जिल्लाका स्वास्थ्यकर्मीहरूलाई डेंगुबाट कसरी बच्ने, लामखुटेको लार्भा कस्ता ठाउँमा उत्पादन हुन्छ त्यस्ता ठाउँहरूको पहिचान गर्ने, सरसफाइमा ध्यान दिनेलगायतका विषयमा जानकारी गराएको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले बताए ।

उनका अनुसार  चिकित्सकसहितको टोलीले डेंगु रोगको महामारी कसरी फैलियो, यसको न्यूनीकरण कसरी गर्न सकिन्छ तथा बिरामी भएर आराम गरेकाहरूको घरमै पुगेर अवस्था बुझेका थिए । उनीहरूले स्वास्थ्यकर्मीहरूलाई दुई दिनसम्म अभिमुखीकरण कार्यक्रमसमेत गरेका थिए । यस क्षेत्रको वस्तुस्थिति बुझेर उनीहरू काठमाडौ फर्किएका छन् । ‘गण्डकी प्रदेशबाट आएका चिकित्सकको टोली भने आइतबार फर्किनेछन्,’ उनले भने । 

दिनदिनै डेंगु संक्रमित बढ्दै गएपछि विद्यालयहरूमा पनि सचेतना कार्यक्रम गरिएको छ । बालबालिकालाई डेंगबारे जानकारी गराएपछि उनीहरूले घरपरिवार र टोल छिमेकलाई पनि जानकारी गराउन सक्छन् । सबैभन्दा सूचना प्रवाह गर्ने भरपर्दो माध्यम विद्यार्थी हुन्, त्यसैले बालबालिकालाई पनि विद्यालयमै जनचेतनामूलक सन्देशका लागि जानकारी गराएको व्यास नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले बताए ।