१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o८:२८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

गठबन्धन गर्दा पार्टीलाई क्षति भयो, २०८४ मा एक्लै लड्छौँ  : जनार्दन शर्मा

‘तीन महिने अभियान दशैं तिहारमासमेत रोकिदैन’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o८:२८:oo

नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले ०८४ को निर्वाचन बहुमत ल्याउने गरी पार्टी निर्माण अभियानमा लागेको बताएका छन्। माओवादीको विराटनगर महानगरपालिका समितिले विराटनगरमा गरेको कार्यक्रममा बोल्दै माओवादी केन्द्रका उपमहासचिव शर्माले अबको निर्वाचनमा कसैसँग गठबन्धन नगर्ने बताए।

‘कहिले यो दल र कहिले त्यो दलसँग गठबन्धन गर्दा पार्टीलाई क्षति भएको छ। भीमकाय पार्टी टुटफुट भएर सानो भएकाे छ,’ उनले भने, ‘हाम्रै बलबुतामा यसलाई बलियो बनाउने हो।अहिलेको सरकारले इतिहासकै लोकप्रिय काम गरेको छ। हामी यसको बलमा अझै बलियो बन्छौँ।’

अबको निर्वाचनमा एक्लै लड्ने र बहुमत ल्याउने गरी लड्ने उनको दाबी छ। दसैँ–तिहारका वेलामा समेत पार्टी अभियान नरोक्ने उनले बताए। ‘हामी चाडपर्वमा समेत जनताको घरमा जान्छौँ। तीनमहिने जनतासँग माओवादी रूपान्तरण अभियान रोकिँदैन,’ उनले भने, ‘हामी जनताबाट टाढा रहँदैनौँ। जनताका कुरा सुन्छौँ र काम गर्छौँ ।’