मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर १६ शनिबार
  • Saturday, 02 December, 2023
नयाँ पत्रिका काठमाडौं
२०८० असोज १३ शनिबार १८:५८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

आठ नेपाली उद्यमी अमेरिकामा पुरस्कृत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० असोज १३ शनिबार १८:५८:००

अमेरिकामा वित्तिय सेवा व्यवसायमा अग्रणी कम्पनी प्रिमियर फिनान्सियल एलायन्सको वार्षिक सम्मेलनमा विभिन्न राज्यका ८  नेपाली उद्यमीहरू एकसाथ पुरस्कृत भएका छन्।

सेप्टेम्बर २५–२८ सम्म चलेको सम्मेलनमा पुरस्कृत हुनेहरूमा अनुभव गिरी, दोवा ढकाल, गगन केसी धामी, कर्ण बोगटी, मनोज तुलाधर तथा रमिता तुलाधर, गोविन्द गिरी प्रेरणा र सुरेश प्रधान रहेका छन्।

पुरस्कृतहरूलाई प्रिमियर फिनान्सियल एलायन्सका संस्थापक अध्यक्षले अवार्ड प्रदान गरेका थिए। सो कम्पनीमा नेतृत्वदायी भूमिकामा पुग्ने पहिलो नेपाली अनुभव गिरी हुन्। उनको नेतृत्वमा नेपालीहरूले गरेको उदाहरणीय प्रगतिबाट अफ्रिकी मूलका मानिसहरूसमेत आकर्षित भएका छन्। जसमध्ये २ महिलाहरू एभलिन ओपान तथा फ्लोरेन्स आंग्विनीसमेत सो सम्मेलनमा पुरस्कृत भएका थिए।

उनको पहलमा १७५ वर्ष पुरानो फर्च्युन १००० कम्पनी नेसनल लाइफ ग्रुपले पहिलोपल्ट नेपाली भाषामा जीवन बिमाको जानकारीमूलक पुस्तिका सन् २०२० मा प्रकाशन गरेको थियो। सो पुस्तिकाको अमेरिकाका लागि तत्कालीन नेपाली राजदूत डा. अर्जुन कार्की तथा नेसनल लाइफ ग्रुपकी उपाध्यक्ष जेनिफर वारफिल्डले एक विशेष समारोहका बीच विमोचन गरेका थिए।

सम्मेलनको पुरस्कार वितरण सत्रपछि नेपालीहरूले अमेरिकामा वित्तीय सेवा व्यवसायमा उल्लेखनीय सेवा पुर्‍याएकोमा सिइयोले सराहना गरेका थिए। करिब ३५०० सहभागी सम्मेलनमा पुरस्कृत हुँदा नेपाल र नेपालीलाई गर्व गर्ने वातावरण भएको महसुस गरिएको छ।