१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
सौरभ यादव राजविराज
Invalid date format १३:o८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सप्तरीमा दलित बालिका बलात्कृत, आराेपी र मिल्न दबाब दिनेविरुद्ध उजुरी 

Read Time : < 1 मिनेट
सौरभ यादव, राजविराज
नयाँ पत्रिका
Invalid date format १३:o८:oo

सप्तरीमा एक किशोरीमाथि बलात्कार भएको छ। गत ३ असोजको बुधबार राति १६ वर्षीया दलित किशोरीमाथि सप्तरीको डाक्नेश्वरी नगरपालिका– ३ का २४ वर्षीय महेशकुमार साहले बलात्कार गरेको प्रहरीले जनाएको छ। 

प्रहरीका अनुसार साहले आफ्नै घरअगाडि रहेको गुहालीमा लगेर ती किशोरीलाई बलात्कार गरेका थिए। बलात्कार आरोपी साहसहित मिल्न दबाब दिने सोही वडाका अर्का एक व्यक्तिविरुद्ध उजुरी परेको प्रहरीले जनाएको छ।  

घटनाका आरोपित दुईजनाविरुद्ध पक्राउ पुर्जी जारी भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी ढुण्डिराज न्यौपानेले जानकारी दिए। डिएसपी न्यौपानेले भने, ‘दुवैजनालाई नियन्त्रणमा लिने प्रयास भइरहेको छ।’