१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
Invalid date format ११:२५:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

गृहले पास नपठाउँदा डोल्पाको मोरिम्ला नाका खुल्नेमा अझै अनिश्चत

छिटो पास नआए नाका नखुल्ने चिनियाँ जनप्रतिनिधिको भनाइ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format ११:२५:oo

विगत पाँच वर्षदेखि बन्द उपल्लो डोल्पाको मोरिम्ला नाका खुल्नेमा यस वर्ष पनि अनिश्चत भएको छ ।चिन सरकारले ३ असोजमा नेपाली राजदुताबासलाई डोल्पासहित दार्चुला,हुम्ला,दोलखा लगायतका बाह्रवटा जिल्लामा पर्ने नाका खुला गर्ने भन्दै औपचारिक रुपमा पत्र पठाएको एकसाता बितिसक्दा पनि गृह मन्त्रालयले पासको खाका नपठाएपछि डोल्पाको मोरिम्ला नाका खुल्नेमा यस वर्ष पनि अनिश्चत भएको हो ।

कोरोना संक्रमण सुरु भएदेखि चिनियाँ नाका नखुल्दा खुलाउन माग गर्दै पटक–पटक डोल्पाका स्थानीय,प्रदेश र संघका जनप्रतिनिधिहरुले सरकारको ध्यानकर्षण गराएका थिए । यस वर्ष नाखा खुल्ने भन्दै चिन सरकारले पत्र पठाएको एकसाता बितिसक्दा पनि गृह मन्त्रालयबाट पास नआएपछि चिनियाँ व्यापारीक क्षेत्रमा जान समस्या भएको डोल्पोबुद्ध गाउँपालिकाका उपाध्यक्ष पेम्मा धोर्चे गुरुङले बताए ।

‘विगतका वर्षहरुमा नाका खुलेपछि पास नभएपनि चिनियाँ नाकामा गएर निर्वाद रुपमा किनमेल गर्न पाइन्थ्यो,यस वर्षबाट चिन सरकारले पास अनिवार्य गरेको रहेछ,गृह मन्त्रालयबाट जिल्ला प्रशासन कार्यालय डोल्पामा बुझ्दा अझै पास आएको छैन्’उनले भने । ‘चिनियाँ जनप्रतिनिधिसँग एक सातादेखि निरन्तर फोन भइरकेको छ,छिटो पासकालागि पहल गर्न भनेका छन्,अहिले भनेको समयमा पास आएन भने एकैपटक अर्कोसाल नाका खुल्ने उनीहरु बताउँछन्,यता सिडिओलाई बुझ्दा पास आएको छैन् भन्नुहुन्छ’उनले थपे ।

पाँच वर्ष अघिसम्म प्रत्येक वर्ष नियमित खुलिरहेका नाका नखुल्दा उपल्लो डोल्पामा चर्को मुल्यवृद्धिसँगै दैनिक उपभोग्य सामाग्रीको अभाव भएको उनको भनाइ छ ।यस वर्षबाट चिनियाँ व्यापारिक केन्द्रमा पुग्ने प्रत्येक नेपाली नागरिकालाई पास अनिवार्य गरिएको छ । प्रमुख जिल्ला अधिकारी भुमिश्चवर पोख्रेलका अनुसार डोल्पाको मोरिम्ला नाका खुल्ने जानकारी आएपनि गृह मन्त्रालयबाट चिनियाँ क्षेत्रमा पुग्ने पासको खाका नआउँदा पास जारी गर्न समस्या भएको बताए ।

प्रत्येक दिनजसो आफुले पहल गरिरहेकाले माथिबाट पासको खाका आउने बित्तिकै पास जारी गरिने प्रजिअ पोख्रेलको भनाइ छ ।यस वर्ष उपल्लो डोल्पामा पर्ने मोरिम्ला र क्याटो नाकामध्ये मोरिम्ला नाकामात्रै खुल्ने जानकारी आएको डोल्पोबुद्ध गाउँपालिकाले जनाएको छ ।चिनियाँ नाका दश दिनका लागि मात्र खुल्ने भएपनि जिल्ला प्रशासन कार्यालय डोल्पामा पास नआउँदा उपल्लो डोल्पाबासी अन्योलमा परेका छन् ।नाका खुलेपछि किनमेलका लागि एकसाता लाग्ने उपल्लो डोल्पाबासीको भनाइ छ ।

उपल्लो डोल्पाका तीनवटा स्थानीय तहका बासीन्दालाई सदरमुकाम दुनै झरेर दैनिक उपभोग्य सामाग्री किनमेल गर्नुभन्दा दुई दिनमा पुग्न सकिने मोरिम्ला नाका पुगेर किनमेल गर्न सजिलो हुन्छ ।चिनियाँ नाका खुलेपछि उपल्लो डोल्पाका डोल्पोबुद्ध,शे–फोक्सुण्डो र छार्काताङसोङ् गाउँपालिकाकाका स्थानीयले नुन,चामल,तेल मोटरसाइकल लगायतका सामानहरु खरिद गर्न पाउनेछन् ।यस वर्ष नाका खुलेमा उपल्लो डोल्पादेखि नजिक पर्ने चिनको सिँगाचे प्रदेशमा पर्ने डोङ्बा काउण्टी नाका खुल्ने छ । उपल्लो डोल्पासम्म सडक सञ्जाल नहुँदा याक,चौँरी र घोडा खच्चडबाट दैनिक उपभोग्य सामाग्री ढुवानी गर्ने गरिन्छ ।