मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर २२ शुक्रबार
  • Friday, 08 December, 2023
नयाँ पत्रिका काठमाडौं
२०८० असोज ११ बिहीबार १०:००:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

गृहका अधिकृतले १५ मिनेट अनिवार्य योग गर्नुपर्ने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० असोज ११ बिहीबार १०:००:००

गृह मन्त्रालयले मातहतका कर्मचारीलाई कार्यालय समयमा अनिवार्य रूपमा योग गर्न निर्देशन गरेको छ । यसका लागि गृहले मातहतका कर्मचारीका लागि परिपत्र नै जारी गरेको छ । परिपत्रअनुसार मातहतका अधिकृत तहका कर्मचारीलाई कम्तीमा १५ मिनेट योग गर्न भनिएको छ । योग गर्ने समय भने १० देखि १०:१५ बजेसम्म निर्धारण गरिएको छ । जुन कार्यालय सुरु हुने समय हो । र, सोही समयमा सेवाग्राहीको सम्बन्धित कार्यालयमा घुइँचो लाग्ने गर्छ । 

पूर्वगृहसचिव उमेश मैनालीले कार्यालय समयमा महत्वपूर्ण निकायका कर्मचारी योग अभ्यासमा लाग्नु गलत रहेको बताए । ‘१० बजेदेखि कार्यालय समय सुरु हुन्छ । यो सेवाग्राहीका लागि छुट्याइएको समय हो । उक्त समयमा सेवाग्राहीलाई कर्मचारीले सेवा दिनुपर्छ । तर, सोही समयमा कर्मचारी योग अभ्यासानमा लाग्दा सेवाग्राही मारमा पर्छन् । कार्यालय समयमा योगाभ्यास गर्नु ठीक होइन ।’

गृहको कार्यालय व्यवस्थापन तथा जिन्सी शाखाबाट जारी भएको परिपत्रअनुसार योगाभ्यास अधिकृत तहका कर्मचारीका लागि अनिवार्य गरिएको छ । योगाभ्यास बिहानको १०:१५ अघि गरिसक्नुपर्ने परिपत्रमा उल्लेख छ ।

अधिकृतभन्दा तल्लो तहका कर्मचारीलाई पनि योग अभ्यासको तालिम दिई कार्यालय समयभन्दा अघि अभ्यास गराउने वातावरण तयार गर्न परिपत्रमा भनिएको छ । तर, गृहले यस सम्बन्धमा आफ्नो धारणा सार्वजनिक गरेको छैन । मन्त्रालयका प्रवक्ताको जिम्मेवारीसमेत सम्हालेका प्रशासन महाशाखाका प्रमुख सहसचिव केदारनाथ शर्माले यस विषयमा पछि बोल्ने भन्दै पन्छिए ।