Skip This
महासमिति निर्वाचन हुन बाँकी क्षेत्रमा कांग्रेसले टुंग्यायो कारबाही
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज ११ बिहीबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o असोज ११ बिहीबार o९:o६:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

महासमिति निर्वाचन हुन बाँकी क्षेत्रमा कांग्रेसले टुंग्यायो कारबाही

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o असोज ११ बिहीबार o९:o६:oo

कांग्रेस केन्द्रीय अनुशासन समितिले महासमिति निर्वाचन हुन स्थानको अनुशासनको कारबाहीको टुंगो लगाएको छ । समिति सदस्य तथा कांग्रेस केन्द्रीय सदस्य सञ्जय गौतमका अनुसार निर्वाचन हुन बाँकी रहेका २३ जिल्ला र क्षेत्रमा कारबाहीको टुंगो लागेको हो । 

महासमिति बैठकले नीति अधिवेशनसमेत गर्ने भएकाले समितिले कारबाहीलाई केन्द्रमा राखेको थियो । ‘महासमिति निर्वाचनलाई मध्यनजर गरेर हामीले अनुशासनको कारबाहीलाई केन्द्रित गरेका छौँ । महासमिति सदस्य निर्वाचनका लागि अनुशासनको कारबाहीका कारण समस्या छैन,’ गौतमले नयाँ पत्रिकासँग भने ।

कांग्रेसले १३ देखि १५ मंसिरमा काठमाडौंमा महासमिति बैठक गर्ने निर्णय गरेको छ । यसका लागि सभापति शेरबहादुर देउवाको संयोजकत्वमा तयारी समिति गठन गरेर तयारीमा केन्द्रित बनेको छ । निर्वाचन समितिले असोज मसान्तभित्र निर्वाचन सम्पन्न गर्न सबै जिल्लामा निर्देशन जारी गरेको छ ।

निर्वाचन समिति सदस्य जगन्नाथ श्रेष्ठका अनुसार बुधबारसम्ममा ३५ जिल्लामा पूर्ण रूपमा निर्वाचन सम्पन्न भएको जानकारी समितिलाई गराएका छन् । १४औँ महाधिवेशनमा समय अभाव देखाएर कांग्रेसले नीति छाडेर नेतृत्व चयनमा केन्द्रित बनेको थियो ।

कांग्रेस संखुवासभाका सभापति खड्काको राजीनामा
कांग्रेस संखुवासभाका सभापति दीपक खड्काले पदबाट राजीनामा दिएका छन् । संसद्को भूमिकाका कारण जिल्लामा पर्याप्त समय दिन नसकेको भन्दै उनले बुधबार राजीनामा दिएका हुन् ।

१४औँ महाधिवेशनबाट उनी जिल्ला सभापति निर्वाचित भएका थिए । खड्काले मुख्यसचिव कृष्णप्रसाद पौडेलमार्फत सभापति शेरबहादुर देउवालाई राजीनामा बुझाएका छन् । प्रतिनिधिसभा सदस्यमा संखुवासभाबाट निर्वाचित बनेका थिए ।

सांसदको भूमिकाका कारण जिल्लाको पार्टी संगठनलाई पर्याप्त समय दिन नसकेको उल्लेख गरेका छन् । खड्काले जिल्ला सभापति नरहे पनि पार्टी हितमा क्रियाशील हुने राजीनामा पत्रमा उल्लेख गरेका छन् ।