१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज १० बुधबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o असोज १० बुधबार २२:o७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गोली लागेर प्रहरीकी श्रीमती घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o असोज १० बुधबार २२:o७:oo

नेपाल प्रहरीका असइ लक्ष्मण चौधरीकी श्रीमती शर्मिला चौधरी गोली लागेर घाइते भएकी छन् । बुधबार बेलुका महाराजगन्जस्थित निवासमै उनलाई गोली लागेको हो । 

पेस्तोल खेलाउने क्रममा उनलाई गोली लागेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । घटनाको बेला असई चौधरी घरबाहिर थिए ।

कोखामा गोली लागेकी शर्मिलाको महाराजगन्जस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ । घटनाको अनुसन्धान भइरहेको काठमाडौंका प्रहरी प्रमुख एसएसपी भूपेन्द्र खत्रीले बताए । असई चौधरी पूर्वप्रहरी महानिरीक्षक धुव्रबहादुर प्रधानको अंगरक्षकका रूपमा कार्यरत छन् ।