१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
नयाँ पत्रिका रुकुमपश्चिम
Invalid date format १३:१७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

वन फँडानी आरोपमा वडाध्यक्षसहित चारजना पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, रुकुमपश्चिम
नयाँ पत्रिका
Invalid date format १३:१७:oo

रुकुमपश्चिममा वनको रूख फँडानी गरेको आरोपमा चारजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा एक वडाध्यक्ष छन्। 

अवैध रूपमा सामुदायिक वन क्षेत्रका रूख फँडानी गरेको आरोपमा चौरजहारी नगरपालिका– ११ का वडाध्यक्ष तुल्से ओलीसहित चारजनालाई डिभिजन वन कार्यालयले पक्राउ गरेको हो। 

पक्राउ पर्नेमा वडाध्यक्ष ओलीसहित ५१ वर्षीय कुले नेपाली, २६ वर्षीय विशाल केसी र ५१ वर्षीय दिलबहादुर शाह रहेका छन्। 

डिभिजन वन कार्यालयका निमित्त कार्यालय प्रमुख शेरबहादुर परियारका अनुसार वडाध्यक्ष ओलीलाई मंगलबार, नेपाली र केसीलाई यही असोज ८ गते र शाहलाई भदौ २९ गते नै पक्राउ गरिएको हो। 

उनीहरूविरुद्ध चौरजहारी– ११ स्थित जनकल्याण सामुदायिक वन र सोही स्थानमा अवस्थित सर्केना सामुदायिक वन क्षेत्रका रूख अवैध ढंगले फँडानी गरेको आरोप छ।

आरोपी चारैजनालाई अदालतबाट पक्राउ पुर्जी जारी भएपछि डिभिजन वन कार्यालयले पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान सुरु गरेको जनाएको छ। पक्राउ परेका वडाध्यक्ष ओली ०७९ वैशाखमा भएको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका हुन्।