१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १२ शनिबार
  • Saturday, 25 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १२ शनिबार १o:४८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

सय वर्ष पुगेका डा. दासलाई महानगरको अभिनन्दन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १२ शनिबार १o:४८:oo

स्वास्थ्य तथा सामाजिक क्षेत्रमा उच्च योगदान पुर्‍याएका डा. गौरीशंकरलाल दासलाई एक सय वर्ष पुगेको अवसरमा अभिनन्दन गरिएको छ । काठमाडौं महानगरपालिका र मूल समारोह समितिले उनलाई मंगलबार राष्ट्रिय सभागृहमा आयोेजित कार्यक्रममा सम्मानपत्र तथा दोसल्ला ओढाई अभिनन्दन गरेको हो । 

कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्का, काठमाडौं महानगरपालिका मेयर बालेन्द्र साहलगायत पूर्वमन्त्री, सांसद, नागरिक समाज, सरकारी तथा गैरसरकारी निकायका पदाधिकारीलगायतले शताब्दी पुगेको अवसरमा उनलाई अभिनन्दन गरेका हुन् । डा. दासलाई नागरिकस्तरबाट दिव्य शताब्दी पुरुषको मानार्थ सम्मान दिइएको छ ।  

वि.सं १९९१ मा सिराहाको इनरुवामा जन्मिएका डा. दासले २००९ मा वीर अस्पतालमा आवासीय चिकित्सा अधिकारी भएर स्वास्थ्य सेवा सुरु गरेका थिए । उनले राष्ट्रिय मानवअधिकार आयोग सदस्य, लोकसेवा आयोगको सदस्य, स्वास्थ्य मन्त्रालयमा मुख्य योजना अधिकृत, स्वास्थ्य सेवा निर्देशकलगायत जिम्मेवारीमा काम गरिसकेका छन् ।

‘स्वास्थ्य क्षेत्र र समाजसेवा क्षेत्रमा काम गर्दा मलाई आत्मसन्तुष्टि मिल्यो,’ डा. दासले भने, ‘यसबाहेक जीवनका उकालीओराली र तीतामीठा अनुभव थुप्रै छन् ।’ सय वर्ष पुगेको अवसरमा उनको जीवनी र विभिन्न लेखमा आधारित पुस्तक प्रकाशन भएको छ । डा. दास गीत–संगीत र साहित्य लेखनमा अब्बल मानिन्छन् । 

ad
ad