‘स्वर्गकी अप्सरा’ उपनामले चिनिने मुगुस्थित रारा ताल क्षेत्र आन्तरिक तथा बाह्य पर्यटनको मुख्य आकर्षण हो। यति वेला गर्मी छल्न आउने पर्यटकका लागि यो क्षेत्र बढी उपयुक्त छ। त्यसो त प्रायः सबै याममा पर्यटकको आवागमन भइरहन्छ। यो सिजनमा भने फूलैफूलले ढाकेको रारा हेर्न पाइन्छ।
.jpg'_'.2024-05-25.jpg)
हिउँदमा हिउँ पर्दा वरिपरि हिउँको घुम्टोमा सजिएकोजस्तो देखिने रारा वसन्तमा पालुवाले सजिएको हुन्छ। मौसम सफा भएको समयमा यहाँबाट छायाँनाथ, कान्जिरोवा, कान्ति र चंखेली हिमालसहित मध्य र सुदूरपश्चिमका ९ जिल्लाको दृश्यावलोकन गर्न सकिन्छ।
.jpg'_'.2024-05-25.jpg)
रारालाई स्वर्गको टुक्राजस्तै देखिने भन्दै तत्कालीन राजा महेन्द्र शाह २०२० सालमा रारा आउँदा यसलाई ‘स्वर्गकी अप्सरा’को उपनाम राखेका थिए। यहाँ विश्वकै दुर्लभ तीन प्रजातिका असला माछा पाइन्छ।
.jpg'_'.2024-05-25.jpg)
नेपालकै ठूलो रारा ताल समुन्द्री सतहदेखि दुई हजार ९७२ मिटर उचाइमा छ। १०.६२७ वर्गमिटर क्षेत्रफलमा फैलिएको यो तालको औसत लम्बाइ ५.२ किलोमिटर, चौडाइ ३ किलोमिटर र गहिराइ १६९.९३० मिटर छ। रारा तालको पूरा आकृति हेर्न समुद्री सतहबाट करिब ४ हजार मिटर उचाइमा अवस्थित मुर्माटप हिमाललाई उपयुक्त स्थान मानिन्छ।
आन्तरिक पर्यटकको प्रमुख रोजाइमा रहेको रारा ताललाई सन् २००८ मा रामसार क्षेत्र घोषणा गरिएको थियो। नेपालगन्जबाट हवाई र स्थल दुवै मार्गबाट रारा पुग्न सकिन्छ।
.jpg'_'.2024-05-25.jpg)
कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट दुई दिनको सवारीसाधनको यात्रा र नेपालगन्जदेखि ४० मिनेटको हवाई यात्रापछि रारा विमानस्थल पुगिन्छ। त्यहाँबाट २ घण्टा पैदल यात्रापछि रारा पुग्न सकिन्छ।
माथिल्लो मिली र लामाचौरसम्म सवारीसाधन लिन पाइए पनि त्यहाँदेखि रारा तालआसपास र मुर्माटपसम्म भने पैदल यात्रा गर्नुपर्छ। पैदल यात्रा गर्न नसक्नेका लागि यहाँ घोडाहरू तैनाथी अवस्थामा हुन्छन्।
.jpg'_'.2024-05-25.jpg)