१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
नवीन गुरुङ संखुवासभा
Invalid date format १८:१४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

स्वास्थ्य इकाइको झ्याल फोरेर सामान चोरी

Read Time : < 1 मिनेट
नवीन गुरुङ, संखुवासभा
नयाँ पत्रिका
Invalid date format १८:१४:oo

संखुवासभाको भोटखोला गाउँपालिका– ३ स्थित हुङहुङमा रहेको सामुदायिक स्वास्थ्य इकाइको झ्याल फोरेर सामान चोरी भएको छ।

गएराति सामुदायिक स्वास्थ्य इकाइ भवनको पछाडिपट्टि रहेको झ्याल फोरेर कार्यालयभित्र रहेको टेलिभिजन, इन्टरनेटको राउटर, इलेक्ट्रिक जग, राइस कुकर र स्वास्थ्यकर्मीका अन्य उपकरणहरू फुटाएको र केही चोरी गरेर लगेको पाइएको भोटखोला गाउँपालिका स्वास्थ्य शाखा प्रमुख फुर्पु भोटेले जानकारी दिए।

घरभित्र जुत्ताका दुईवटा डाम भेटिएकाले चोरीमा संलग्न दुईजना रहेको अनुमान गरिएको उनको भनाइ छ। घटनास्थलमा प्रहरी टोली आई प्रारम्भिक अध्ययन र अनुसन्धान गरिरहेको स्वास्थ्य शाखा प्रमुख भोटेले बताए।

घटनाको प्रारम्भिक विवरण हेर्दा ६० हजार रुपैयाँभन्दा बढीको क्षति र चोरी भएको देखिएको प्रहरीले जनाएको छ।

केही वर्षअघि भोटखोला गाउँपालिकाको केन्द्रमा समेत आगजनी भएको थियो। तर, रातको समयमा कसले आगो लगायो भन्ने पहिचानसमेत नभई घटना सकिएको थियो।