Skip This
नेपाल मुस्लिम संघको अध्यक्षमा मन्सुरी निर्वाचित
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज ९ मंगलबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o असोज ९ मंगलबार १o:३o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नेपाल मुस्लिम संघको अध्यक्षमा मन्सुरी निर्वाचित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o असोज ९ मंगलबार १o:३o:oo

नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल मुस्लिम संघको केन्द्रीय अध्यक्ष पदमा अताबुल मन्सुरी निर्वाचित भएका छन् । संघको गएराति काठमाडौंको राष्ट्रिय सभागृहमा सम्पन्न तेस्रो महाधिवेशनले मन्सुरीको नेतृत्वमा ८७ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो ।

अध्यक्षमा मन्सुरीसहित मोहम्मद निजामुद्दिनले मनोनयन दर्ता गराएका थिए ।  तर, सहमतिका लागि जनाउँदै निजामुद्दिनले मन्सुरीलाई समर्थन गरेपछि उनी सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् । 

उक्त महाधिवेशनले नौ उपाध्यक्ष, तीन महिला उपाध्यक्ष, दुई महासचिव, ११ सचिव, एक कोषाध्यक्ष, सहकोषाध्यक्ष एकसहित ५१ सदस्य हुने गरी निर्विरोध निर्वाचित गरेको नेता निजामुद्दिनले जानकारी दिए । 

०६५ मा स्थापना भएको संघको हाल देशभर ४३ जिल्लामा शाखा रहेका छन् । तेस्रो महाधिवेशनका लागि देशभरबाट करिब चार सय प्रतिनिधिको सहभागिता रहेको थियो ।

आइतबार काठमाडौंको राष्ट्रिय सभागृहमा सुरु भएको महाधिवेशन कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका थिए ।