१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
कृष्ण रिजाल काठमाडाैं
Invalid date format o६:१९:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

बजेटको घोषणा कार्यान्वयनमा : नयाँ कम्पनी दर्ता र पुँजी वृद्धि गर्दा शुल्क नलाग्ने

Read Time : > 1 मिनेट
कृष्ण रिजाल, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o६:१९:oo

अब कम्पनी दर्ता तथा पुँजी वृद्धि गर्दा कुनै शुल्क नलाग्ने भएको छ । सरकारले चालू आर्थिक वर्षको बजेटमा घोषणा गरेको व्यवस्था कार्यान्वयनमा आएको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सोमबार राजपत्रमा सूचना प्रकाशन गर्दै कम्पनी दर्ता र पुँजी वृद्धि गर्दा शुल्क नलाग्ने व्यवस्था गरेको हो । 

चालू आर्थिक वर्षको बजेटले नयाँ कम्पनी दर्ता र पुँजी वृद्धि गर्न शुल्क नलाग्ने तथा ‘सय रुपैयाँ पुँजीमा कम्पनी खोल्न सकिने’ चर्चित घोषणा गरेको थियो । बजेटले गरेको घोषणा कार्यान्वयन गर्दै शून्य शुल्कमा कम्पनी दर्ता गर्न र पुँजी वृद्धि गर्न सकिने व्यवस्था गरिएको उद्योग सचिव मुकुन्दप्रसाद न्यौपानेले बताए । सय रुपैयाँ पुँजीमा कम्पनी खोल्न सकिने घोषणा कार्यान्वयनमा आउन भने अझै एक–दुई महिना लाग्ने उनले जानकारी दिए । ‘शुल्क छुट दिनका लागि अनुसूची संशोधन गरिएको हो, जुन मन्त्रिपरिषद्ले गर्न सक्छ,’ उनले भने, ‘पुँजी तोक्ने व्यवस्थाका लागि भने कानुन नै संशोधन गर्नुपर्छ, त्यो संसद्ले गर्ने हो ।’

अर्थमन्त्री डा. प्रकाशशरण महतले १५ जेठमा चालू अर्थिक वर्ष ०८०/८१ को बजेट प्रस्तुत गर्दै न्यूनतम सय रुपैयाँ मात्र अधिकृत पुँजी घोषणा गरेर कम्पनी खोल्न सकिने बताएका थिए । न्यूनतम सय रुपैयाँ मात्र अधिकृत पुँजी घोषणा गरेर पनि कम्पनी खोल्न सक्ने कानुनी व्यवस्था गरिनेछ । बजेटको सोही घोषणा कार्यान्वयन गर्ने गरी सरकारले कम्पनी ऐनको अनुसूची संशोधन गरेको हो ।

राजपत्रमा प्रकाशित सूचनाअनुसार अब विदेशी कम्पनीले शाखा कार्यालय वा सम्पर्क कार्यालय दर्ता गर्दा पनि निःशुल्क हुनेछ । मुनाफा वितरण नगर्ने गरी कम्पनी स्थापना गर्दा पनि कुनै शुल्क तथा दस्तुर लाग्नेछैन ।

‘कम्पनी ऐन, २०६३ को दफा ५ बमोजिम प्राइभेट लिमिटेड कम्पनी तथा पब्लिक लिमिटेड कम्पनी संस्थापना गर्दा, दर्ता भइसकेको कम्पनीको पुँजी वृद्धि गर्दा, विदेशी कम्पनीले शाखा कार्यालय तथा सम्पर्क कार्यालय दर्ता गर्दा तथा मुनाफा वितरण नगर्ने गरी कम्पनी संस्थापना गर्दा लाग्ने शुल्क तथा दस्तुर आर्थिक ऐन, २०८० बमोजिम हुने गरी चालू आर्थिक वर्षका लागि पूर्ण छुट दिने निर्णय गरिएको छ,’ राजपत्रमा प्रकाशित सूचनामा भनिएको छ । 

 एक हजारदेखि डेढ लाखभन्दा बढीसम्म लाग्थ्यो कम्पनी दर्ता गर्दा शुल्क
यसअघि एक लाख रुपैयाँदेखि १० करोड रुपैयाँ अधिकृत पुँजी भएको प्राइभेट कम्पनी दर्ता गर्दा एक हजार रुपैयाँदेखि ४३ हजार रुपैयाँसम्म दस्तुर लाग्दै आएको थियो । १० करोडभन्दा बढी अधिकृत पुँजी भएको प्राइभेट कम्पनी दर्तामा भने प्रतिलाख ३० रुपैयाँका दरले थप दस्तुर लाग्ने व्यवस्था थियो ।

त्यस्तै, एक करोड रुपैयाँदेखि ५० करोड रुपैयाँ अधिकृत पुँजी भएको पब्लिक कम्पनी दर्ताका लागि १५ सयदेखि एक लाख ६० हजार लाग्ने व्यवस्था थियो । विदेशी कम्पनीले सम्पर्क कार्यालय स्थापना गर्दा ५० हजार दस्तुर र नाफा वितरण नगर्ने गरी स्थापना हुने कम्पनीका लागि १५ हजार दस्तुर तोकिएको थियो । ‘यसअघि तोकिएको दस्तुरलाई शून्य दस्तुरका रूपमा संशोधन गरिएको छ, अब कम्पनी दर्तादेखि पुँजी वृद्धिसम्म कुनै शुल्क लाग्नेछैन,’ सचिव निरौलाले भने, ‘यसले व्यावसायिक वातावरण थप अनुकूल हुने तथा लगानी आकर्षित हुने विश्वास छ ।’

कम्पनी ऐन नयाँ ल्याउने तयारी
उद्योग मन्त्रालयले नयाँ कम्पनी ऐन ल्याउने तयारी गरिरहेको सचिव निरौलाले जानकारी दिए । ‘राज्यका पछिल्ला नीति तथा योजना एवं उद्देश्यलाई समेट्ने गरी कानुनलाई समयसापेक्ष बनाउन आवश्यक छ,’ उनले भने, ‘सोही कारण हामीले कम्पनी ऐन नयाँ ल्याउने तयारी गरिरहेका छौँ ।’ कानुनको मस्यौदा बनाएर विभिन्न निकायसँग राय लिने कार्य भइरहेको उनले बताए ।