१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज ८ सोमबार
  • Sunday, 11 May, 2025
रासस काठमाडौं
२o८o असोज ८ सोमबार १५:५३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

काठमाडौं र भक्तपुरमा एकै दिन १६ लाखभन्दा बढीको चोरी

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
२o८o असोज ८ सोमबार १५:५३:oo

चाडपर्व सुरु भएसँगै चोरीका घटना बढ्न थालेका छन् । प्रहरीका अनुसार केही दिनयता काठमाडौं, भक्तपुरलगायतका क्षेत्रमा चोरीका घटना बढेका उजुरी पर्न थालेका छन्।

प्रायः दिउँसो तथा रातिको समयमा चोरीका घटना बढ्न थालेको प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालयले जनाएको छ ।

केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले काठमाडौंको घट्टेकुलो चोकनजिक बस्ने चन्द्रकेशरी बज्राचार्यको घरमा, भक्तपुरको गठ्ठाघरस्थित अरनिको बस्तीमा बस्ने सविन निरौलाको कोठा र भक्तपुरको  दधिकोट नयाँबस्तीमा सानुमाया चित्रकारको कोठामा चोरी भएको बताए।

उनका अनुसार बज्राचार्यको घरबाट नगद रु. एक लाख ६० हजार, विभिन्न सुन तथा चाँदीका गहना र पूजा गर्ने सामान गरी करिब रु. ६ लाख ६६ हजार, निरौलाको कोठाबाट ल्यापटप, घडी र नगद गरी करिब रु. एक लाख सात हजार तथा चित्रकारको कोठाबाट करिब रु. नौ लाख ६५ हजार सात सयबराबरको धनमाल चोरी भएको छ।

प्रहरीले सामानहरू चोरी गरी हाल फरार भएका व्यक्तिको खोजी गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। मेला, पर्व तथा चाडबाड नजिकिँदै गएकाले चोरी गर्नेहरू सक्रिय हुने हुँदा आवश्यक सावधानी अपनाउन प्रहरीले सबैमा आग्रह गरेको छ ।