१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
मुख्य समाचार डिजिटल संस्करण

‘मेयरले वार्तामा बोलाएनन्, नगर प्रहरी आएर उल्टै हप्काए’ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १५:१८:oo

अभियन्ता ईःले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले आफूहरूलाई वार्तामा नबोलाएको, बरु उल्टै नगर प्रहरी आएर हप्काएको आराेप लगाएका छन्। 

अभियन्ता ईःले चलाएको अभियानबारे सातौँ दिनमा प्रतिक्रिया जनाएका बालेनले सामाजिक सञ्जाल फेसबुकमार्फत अभियन्ताहरूलाई संवादमा बोलाउँदा अस्वीकार गरेको बताएका थिए। 

त्यसको जवाफ दिँदै ईः अभियन्ताले मेयर वार्ताका लागि नआएको र करिब २० मिनेटअघि अकस्मात् एक नगर प्रहरीले राष्ट्रिय सभागृहको पार्किङ लटमा बोलाएर हप्काएको सामाजिक सञ्जाल फेसबुकबाटै जवाफ दिएका छन्। 

‘मेयर यहाँ आउनुभएको होइन। सँगै जवाफदेहिता माग गरिरहेका अन्य साथीहरू साक्षी छन्। करिब २० मिनेट अगाडि अकस्मात् एक नगर प्रहरीले हामीलाई हप्काउँदै राष्ट्रिय सभागृहको पार्किङ लटमा बोलाए,’ उनले लेखेका छन्, ‘हामीले कानुनविज्ञ, सहरी व्यवस्थापन विशेषज्ञ र सडक व्यवसाय प्रतिनिधि साथीहरूलाई बोलाउन ३० मिनेट समय माग्यौँ। नगर प्रहरीले रिसाएर जवाफ दिए- ‘त्यसो भए मेयरले भेट्दैन !’