Read Time : < 1 मिनेट
२०८० असोज ७ आइतबार १६:५७:००
मकवानपुर प्रहरीले आइतबार गैँडा मारी खाग चोरी लगेको मुद्दामा फरार रहेका दुईजना प्रतिवादीलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा चितवन पदमपुर घर भई हेटौँडा उपमहानगरपालिका– १६ हटिया बस्ने ५२ वर्षीय विष्णु कार्की र ४६ वर्षीय काले बानियाँ रहेका प्रहरीले जनाएको छ। मकवानपुर प्रहरी प्रवक्ता एवं डिएसपी लक्ष्मी भण्डारीका अनुसार उनीहरूलाई हेटौँडा– १६ हटियाबाट शनिबार साँझ पक्राउ गरिएको हो।
उनीहरूलाई इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको प्रवक्ता भण्डारीले जानकारी दिए। पक्राउ परेकाहरूलाई आवश्यक कारबाहीका लागि कसरा सेक्टर चितवन राष्ट्रिय निकुञ्ज पठाइएको छ।